विराटनगर आसपासका २० जना बाँतर बालबालिकालाई निजी बिद्यालयमा नि:शुल्क पढाईने

<span class='c1'>विराटनगर आसपासका २० जना बाँतर</span> <span class='c2'>बालबालिकालाई निजी बिद्यालयमा नि:शुल्क पढाईने</span>

विराटनगर, ६ चैत ।
शिक्षाबाट पछाडी परेको बाँतर समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनको लागि सामाजिक १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले २० जना बाँतर समुदायका बालबालिकालाई निजी बिद्यालयमा निशुल्क पढाउने ब्यवस्था मिलाउने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले पढाईबाट वञ्चित भएका बाँतर समुदायलाई २० जना बालबालिकालाई निजी बिद्यालयमा निःशुल्क पठन पाठनको ब्यवस्था मिलाउन लागिएको जानकारी दिनुभयो । बाँतरजातीको जातिको चिनारी समेटिएको खोजमूलक पुस्तकको विराटनगरमा विमोचन गर्दै मन्त्री घिमिरेले अल्पसङ्ख्यक जातिको पहिचान र उत्थानका साथै संरक्षण तथा सम्बद्र्धन गर्न सरकार प्रतिबद्धरहेको बताउनुभयो ।
बाँतर जाति केन्द्रीय कल्याणकारी समितिका अध्यक्ष मोहनलाल सरदारले बाँतर जातिलाई दलितमा सूचीकृत गरिएकामा असन्तुष्टि व्यक्त गर्दै यो जाति जङ्गलमा बसोवास गर्ने भएकाले आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गर्नुभयो । प्रदेशसभा सदस्य जयराम यादवले बाँतर जाति पिछडिएको जाति भएकाले यसको उत्थानका लागि अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । पत्रकार पदमकुमार सरदारद्वारा लिखित पुस्तकमा बाँतर जातिको रहनसहन, संस्कार, पेशा, आर्थिक अवस्था, शिक्षा, धर्म संस्कृति लगायतका विषय समेटिएको छ । पूर्वी तराईको सात जिल्लामा बसोवास गर्दै आइरहेको यो जातिको जनसङ्ख्या २०६४÷०६५को जनगणनाअनुसार ८६ हजार ६२९ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्