गुराँस फुल्न थाल्यो जाने हैन त घुम्न ?

<span class='c1'>गुराँस फुल्न थाल्यो जाने</span> <span class='c2'>हैन त घुम्न ?</span>

तेह्रथुम, ६ चैत ।
चैत्र महिना लागेदेखि तिनजुरे, मिल्के, जलजले क्षेत्रमा लालिगुराँस फूल्न शुरु भएकोे छ ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्ग जिल्लाको संगमस्थलमा रहेको सोही क्षेत्रमा गुराँस फुल्न शुरु भएको हो । गुराँस फूल्न शुर भएसगै पर्यटकको आगमन आउन थालेका चौकी निवासी चन्द्र तामाङ्गले बताउनुभयो । तेह्रथुमको बसन्तपुर हुँदै मिल्केसम्म पुग्दा २८ प्रजातिका गुराँसको आवलोकन गर्न पाईन्छ । गुराँस लगायत यस क्षेत्रमा कुम्भकर्ण, मकालु, अन्नपूर्ण हिमाल र विभिन्न तालतलैयाको दुश्य देख्न पाईन्छ । गुराँस अवलोकन गर्ने पर्यटन आउन थालेकाले यस क्षेत्रको व्यापार ब्यवसायबाट पनि राम्रो आम्दानी हुन थालेको गुफा बजारका ब्यापारी फुटी शेर्पाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्