प्रबिधि मैत्री कर तिर्ने अभियान, १ नम्बर प्रदेशमा उद्योग वाणिज्य महासंघले थाल्यो प्रबिधि सिकाउन

प्रबिधि मैत्री कर तिर्ने अभियान, १ नम्बर प्रदेशमा उद्योग वाणिज्य महासंघले थाल्यो प्रबिधि सिकाउन

विराटनगर, ९ चैत ।
नेपाल उद्योग बाणिज्यमहासंघ प्रदेश १ ले कर सम्बन्धी तालिम सुरू गरेको छ । कर तथा लेखा सम्बन्धि त्रुटी हटाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । तालिमको उद्घटन समारोहमा नेपाल उद्योग बाणिज्य महासंघका कर समिति सदस्य अविनाश बोहोराले विश्वका अधिकांश देशमा सबै काम सफ्टवयरबाटै हुने गरेको र नेपालमा पनि सफ्टवेरको प्रयोग बढ्दै गएको बताउनु्भयो ।
तालिमले सफ्टवेरको प्रयोग र कर तथा लेखा सम्बन्धमा देखिएका समस्याहरूको समाधानबारे सहभागिहरूको दक्षता अभिबृद्धि गर्ने बोहोराको भनाई छ । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत दिलिप गौतमले करको दायरा बाहिर रहेको ठूलो जमातलाई दायरामा ल्याउन सरकारी संयन्त्र लागि परेको बताउनभयो ।
करको दर भन्दा दायरा फराकिलो बनाउदै कर संकलन बढाउने सरकारको पनि नीति रहेको उहाँको भनाई छ ।
गौतमले भन्नुभयो‘करको दर हैन दायरा फराकिलो बनाउने नीति सरकारको छ ।’ कर सम्बन्धि सचेतना बढाउने उद्देश्यले आन्तरिक राजस्व कार्यालयले पनि महिनामा दुईपटक करबारेमा तालिम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १का उपाध्यक्ष राजेन्द्र राउतले कर तिर्ने र लेखा राख्ने विषयमा देखिएका समस्या समाधान गर्न तालिम सफल हुने धारणा राख्नुभयो ।
अनलाईन प्रणालीबाट कर तिर्ने, कर सम्बन्धि कानुनबारे तालिममा जानकारी दिइने छ । उद्योग वाणिज्य महासंघले देशका सात स्थानमा करबारेको तालिम आयोजना गर्ने योजना रहेको पनि सोही अवसरमा जानकारी दिइएको थियो ।
तालिमका सहजकर्ता अरुण राउतका अनुसार झापा, मोरङ, सुनसरी, सुर्खेत,कास्की, पर्सा र धनुषामा तालिम आयोजना गर्ने महासंघले तयारी गरेको छ । तीन दिन सम्म सञ्चालन हुने तालिममा ४५ जना सहभागि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्