राम नवमीमा जनकपुरमा धुमधाम, भिडभाडले रमाईलो

<span class='c1'>राम नवमीमा जनकपुरमा</span> <span class='c2'>धुमधाम, भिडभाडले रमाईलो</span>

जनकपुरधाम, ११ चैत  । त्रेता युगमा असत्य माथि सत्यको विजय प्राप्त गरेका मार्यादा पुरुषोत्तम  भगवान रामको जन्मदिनको स्मरणमा आइतबार जनकपुरमा धुमधामसँग रामनवमी मनाइँदै छ । चैत शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा राम मन्दिर, जानकी मन्दिर, जनक मन्दिरलगायतमा आइतबार बिहानैदेखि पूजाआजा गर्ने श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।

नवमीमा सहभागी हुन नेपाल तथा छिमेकी देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरु जनकपुर आएका छन् । त्रेता युगमा यसै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख  छ । यसै अवसरमा देशभरि रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरुमा स्नान, ध्यान गरी, ब्रत बसेर रामगीता पाठ, अध्यात्म वाल्मीकी र तुलसीकृत – रामायण वाचन गर्नुका साथै भगवान रामको पूजा आराधना गरी रात भरि भजन कीर्तन गरेर जाग्राम बस्ने परम्परा छ ।

अयोध्याका राजा दशरथका जेठो पुत्र भगवान विष्णुको सातौं अवतारको रुपमा जन्म लिएको भन्ने धार्मिक विश्वास छ । रामले संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गर्दै आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालना गरी मानव जातिलाई सत्यको मार्गमा हिड्न प्रेरणा दिएकोले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

यो पर्वमा रामकासाथै आदि शक्ति नव दुर्गा देवीकोसमेत पूजा गरिन्छ । रामनवमीको दिन जनकपुरमा भव्य मेला लाग्ने गर्दछ । मेलामा सहभागी हुन आउने नेपाल तथा भारतका हजारौं श्रद्धालुहरुको जनकपुरमा भीड लागेको छ । यस्तै, नरसिंह युवा क्लबले जनकपुरको रामानन्दचोकमा चैत नवमीको अवसरमा दुर्गा पूजा एवं मेला अयोजना गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्