जेभियर्सको अभिभावकलाई जवाफदेही बनाउन विद्यालय शिक्षा

<span class='c1'>जेभियर्सको अभिभावकलाई जवाफदेही</span> <span class='c2'>बनाउन विद्यालय शिक्षा</span>

विराटनगर १२ चैत ।
वुढीगंगा गाँउपालिका,टंकीसिनुवारी स्थित जेभियर्स इङ्गलीस स्कुलले अभिभावक शिक्षा संचालन गरेको छ। स्कुलमा अध्ययनरत विद्यार्थीहरुका ४ सय भन्दा वढी अभिभावकहरुलाई सहभागी गराएर अभिभावक शिक्षा दिएको हो । करियर ट्रेनिङ फाउन्डेशन(सी.टी.एफ.) नेपालका निर्देशक राजन दाहाल र प्रशिक्षक लक्ष्मी गुरुङले अभिमुखिकरणको सहजीकरण गर्नु भएको थियो ।
यस वर्षदेखि स्कूलमा अध्यायरत शिक्षक, शिक्षिकालाई आवश्यक विभिन्न विषयमा वर्षैभरी तालिम दिनेगरी सी.टी.एफ.नेपाललाई जिम्मा दिएको स्कूलका प्रिन्सीपल परेश पोखरेलले वताउनुभयो । अभिभावकहरुलाई आफ्ना वाल वच्चा स्कूल पठाए पछिको जिम्मेवारीका बारेमा पनि जानकारी दिईएको थियो । बिद्यालयले अभिभावकहरुलाई दिएको प्रशिक्षणबाट अभिभावकहरु पनि खुसी भएका छन् । अभिभावक तिर्था लिम्बुले घरमा अभिभाकले गर्नुपर्ने कार्यको वारेमा थप जानकारी पाएको बताउनुभयो ।
यसरी निरन्तर दिईने तालिमले शिक्षकको अध्यापन शैलीलाई थप प्रभावकारी वनाउने र यसको प्रत्यक्ष सकारात्मक प्रभाव विद्यार्थी सँगै अभिभावकमा पनि पर्ने भएकोले यो अत्यन्तै उपयोगी हुने बिद्यालयकी शिक्षक ममिता भण्डारीले सुनाउनुभयो ।
प्रविधिमैत्री शिक्षण सिकाईलाई शसक्त वनाउन यस प्रकारका विभिन्न कार्यक्रमहरु गरी यस क्षेत्रको उत्कृष्ट विद्यालयको रुपमा स्थापित गर्ने स्कूलका अध्यक्ष जितनारायण थापा मगरले दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्