मन्त्रिपरिषद बैठक,राष्ट्रपतिले संसदलाई संबोधन गर्ने

<span class='c1'>मन्त्रिपरिषद बैठक,राष्ट्रपतिले संसदलाई</span> <span class='c2'>संबोधन गर्ने</span>

काठमाडौ, १२ चैत ।
राष्ट्रपति विद्या भण्डारीले यही चैत १५ गते संघीय संसदलाई सम्बोधन गर्नुहुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यही १५ गते संघीय संसदको पहिलो अधिवेशन बोलाउने निर्णय गरेको हो । दुवै सदनको संयुक्त बैठकलाई आगामी विहिबार अपरान्ह ४ गते राष्ट्रपतिले सम्बोधन गर्ने मिति तय गरिएको संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिनु भयो । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकारमा बाराका अच्युत मैनालीलाई नियुक्त गरेको छ । त्यसैगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याललाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ । प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार मैनालीलाई राज्य मन्त्री र प्रेस सल्लाहकार अर्याललाई नेपाल सरकारको विशिष्ट श्रेणीको सेवा, सुविधा उपलब्ध गराउने निर्णय पनि गरिएको राज्यमन्त्री बास्कोटाले बताउनु भयो । सरकारले जिल्ला समन्वय समितिका संयोजक र गाउँपालिकाका अध्यक्षलाई पनि कूटनीतिक राहदानी दिने व्यवस्था पनि गरेको छ । मन्त्रीपरिषद बैठकले निर्वाचनका बेला बम विष्फोटमा परी घाईते भएकाहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरिएको राज्य मन्त्री बास्कोटाले बताउनु भयो । त्यसैगरी अर्थ मन्त्रालयले पेश गरेको घर बहाल सम्बन्धि दोहोरो कर नलिने प्रस्ताव पनि स्विकृत गरिएको छ । मन्त्रिपरिषद बैठकले नेपाली सेनाका १३ जना महासेनानीको पदावधि २ वर्ष थप गर्ने निर्णय पनि गरेको छ । राज्यमन्त्री बास्कोटाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयले भने बैठकमा प्रवेश नपाएको स्पष्ट पार्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्