व्यापारीमाथि गोली प्रहार गर्ने चारजना पक्राउ

<span class='c1'>व्यापारीमाथि गोली प्रहार</span> <span class='c2'>गर्ने चारजना पक्राउ</span>

रुपन्देही, १३ चैत । व्यापारीमाथि गोली प्रहार गरेको आरोपमा रुपन्देही प्रहरीले तीनजना भारतीय र एकजना नेपालीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारत महाराजगञ्ज नौतनवा निवासी रमजान मुसलमान, मोटरसाइकल चालक मन्जुर मुसलमान, सहयोगी मोहमद अफजल र नेपाल हाटबजारका मासु पसल व्यवसायी नजाबुद्धिन मुसलमान पक्राउ परेका हुन । भैहरवाका व्यापारी हरिश सेठियामाथि फागुन २८ गते गोली प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

भारतीय र नेपाली रुपैयाँको हुन्डी कारोबारमा ३५ लाखको लेनदेन नमिलेपछि सेठियाको हत्या गर्ने योजना बनाएको र त्यही अनुसार नै गोली प्रहार गरेको पक्राउ परेकाहरुले बताएका छन् । सेठियाले हुण्डीको कारोबार गर्ने गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्