विराटनगरका दुई किशोरीको उछिनपाछिन, अनुपमा र शिक्षा मिस नेपालको दौडमा

<span class='c1'>विराटनगरका दुई किशोरीको उछिनपाछिन, अनुपमा</span> <span class='c2'>र शिक्षा मिस नेपालको दौडमा</span>

प्रेम देवान
विराटनगर,१६ चैत ।
यसपटको २३ औं संस्करणको मिस नेपालमा विराटनगरका दुई प्रतिभा कस्सीएर लागेका छन् । उनीहरुको साथमा अन्य क्षेत्रबाट ‘मिस नेपाल’ बन्नका लागि अहिले २३ जना यूवतीहरु पनि उसैगरी लागेका छन् द हिडेन ट्रेजरले हरेक बर्ष आयोजना गर्ने ‘मिस नेपाल’ सवैभन्दा चर्चित सौन्दर्य प्रतियोगीता मानिँदै आएको छ ।
‘मिस नेपाल २०१८’मा सहभागी भएकाहरुले प्रतिभा चरण अन्तरगत विभिन्न आफुले जानेका कला प्रस्तुत गरे । अधिकांशले नृत्य प्रस्तुत गरेका थिए । गित गाउने, कविता वाचन, कमेडी लगायतका प्रतिभा पनि प्रतिस्पर्धीहरुले प्रस्तुत गरे । त्यही विचमा आफ्नो कला प्रस्तुत गर्दै थिए विराटनगरकी अनुपमा र शिक्षा । विराटनगरकी २१ बर्षिया अनुपमा बाँस्तोलाले प्रतिभा चरण अन्तरगत नृत्य प्रस्तुत गरेकी थिईन् । त्यसैगरी अर्की शिक्षा संग्रौला भने पछिल्लो समय बढ्दै गएरको महिला हिंसा सम्बन्धि फरक विधामा प्रस्तुत गर्दै महिला माथी हुने दुव्र्यबहार र बलात्कार सम्वन्धि नाटक प्रस्तुत गरेकी थिईन् ।


अहिले ‘मिस नेपाल’का लागि तालिम, भ्रमण लगायतका काम भईरहेको छ । ‘मिस नेपाल’ का प्रतिस्पर्धीहरुले काठमाण्डौको रसियन सांस्कृतिक केन्द्रमा आयोजना भएको कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।
यो बर्षको ‘मिस नेपाल’का लागि महिमा सिंह, रोनाली अमात्य, सुस्मिता सापकोटा, अलिशा वुढाथोकी, अलिसा अधिकारी, अन्जिला महत्त, अनुपमा बास्तोला, सन्ध्या अधिकारी, मनिता देवकोटा, आस्था साखा, ममता जोशी, लक्ष्मी पौडेल, अनाश्रुत पन्त, ज्योत्सना क्षेत्री, प्रिया सिग्देल, मेघा श्रेष्ठ, श्रृष्टी कार्की, शिक्षा संग्रौला, शुभेच्छा श्रेष्ठ, सायरा लामा, कश्या अधिकारी, श्रृङ्खला खतिवडा, आश्मा ढुंगाना, लक्ष्मी पन्तले प्रतिस्पर्धा गर्दैछन् ।
मिस नेपाल २०१८ को भब्य छनौट आगामी अप्रिल ११ तारिखमा काठमाण्डौको पाँच तारे होटल हुदैछ । मिस नेपाल प्रतियोगिता वि.सं. २०५१ (सन् १९९४) देखि संचालन हुँदै आएको सौन्दर्य प्रतियोगिता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्