नाइजेरिया - नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र जाम्फारामा सशस्त्र लुटेराको एक समूहको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको नाइजेरियाली अधिकारीले शुक्रबार जनाएका छन् ।
अङ्काको स्थानीय प्रशासन प्रमुख मुस्तफा गाडाले घटनाको पुष्टि गर्दै भने मृतक गाउँलेको अन्तेष्टि गरिएको बताउनुभयो । मृत्यु हुनेमा केही महिला तथा बालबालिकासमेत रहेका उहाँले बताउनुभयो ।
उक्तस्थान वरपर गाउँलेका थप मृत शरीर रहेको हुनसक्ने विश्वासमा खोजी जारी राखिएको छ, उहाँले भन्नुभयो ।
घटनास्थलमा सुरक्षाकर्मीको ठूलो फौज तैनाद गरिएपछि लुटेराहरू गाउँबाट भागेका गाडोले बताउनुभयो ।