विराट गोल्डकप शुरु, आतिसवाजी सहितको गोल्डकपले अन्तराष्ट्रिय खेलको झल्को ।

<span class='c1'>विराट गोल्डकप शुरु, आतिसवाजी सहितको</span> <span class='c2'>गोल्डकपले अन्तराष्ट्रिय खेलको झल्को ।</span>

विराटनगर, १७ चैत ।
मोफसलकै पहिलो पटक फ्ड लाईटबाट बिराट गोल्डकप शुरु भएको छ । गोल्डकपको उदघाटन गर्दै एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधनलाईले गोल्डकपलाई प्रदेशकै उत्कृष्ट गोल्ड बनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले दिवा रात्री प्रतियोगिताको रुपमा विराटनगरबाट शुरु भयो यो अभियानलाई स्थायित्वको लागि प्रदेश सरकारले सहयोग गर्ने जनाउनु भयो । बिराट गोल्डकपकालागि बिराटनगर स्थित शहिद रगशालामा स्थायी रात्री वत्ति जडान गर्न सहयोग गर्ने उद्घोष गर्नु भएको हो । गोल्डकप आयोजक समितिले अस्थायी फ्लड लाईट जडान गरेर पहिलो पटक डे नाईट प्रतियोगिता आयोजना गरेको हो । उदघाटन कार्यक्रममा बोल्देै एक नम्बर प्रदेशकका समाजिक बिकासमन्त्री जीवन घिमिरेले ऐतिहासिक बिराट गोल्डकपलाई नमुना गोल्डकप बनाउनका लागि मन्त्रालयले सहयोग गर्ने बताउनुभयो। उहाँले हरेक बर्ष प्रदेशका उत्कृष्ट खेलाडीलाई सरकारले सम्मान गर्ने नीति बनाइरहेकोले गोल्डकपका खेलाडीहरुलाई उत्कृष्ट बन्न आग्रह गर्नुभयो ।
बिद्यार्थीको प्रदर्शन
उदघाटन सत्रमा बिभिन्न बिद्यालयका १२ बर्ष मुनिका ५० जना बाल खेलाडीहरुले फुटबल खेल प्रर्दशन गरेर सबैलाई रोमाञ्चित बनाएका छन् । उद्घाटनलाई भव्य बनाउन गायक सुमित खडकाले गोल्कपको गीत प्रस्तुत गर्नु भएको थियो भने नागी डान्स सेन्टरका कलाकारहरुले देशभक्त्ति गीतमा नृत्य प्रस्तुत गरेका थिए । उदघाटनमा फिफा , एन्फा र नेपालको झण्डा र बेलुन उडाइएको थियो । खेल शुरु हुनै लाग्दा अन्तराष्ट्रिय खेलको झल्को दिने गरि आतिसवाजी गराईएको थियो आकाश नै रंङ्गिने गरि भएको आतिवाजीले दर्शलाई हौस्याएको थियो ।
दर्शक खचाखच
आयोजक मोरङ ११ र भुटानको थिम्पु फुटवल क्लबको खेल हेर्नको लागि दर्शको भिड लागेको थियो । पहिले आयोजना हुने बिराट गोल्डकपमा सुरुआतका खेलमा दर्शक पाउन आयोजकलाई हम्मेहम्मे पर्नेगरेकोमा यो बर्ष पहिलो दिन नै दर्शको भिडले रंगशाला भरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्