विराट गोल्डकपको उद्घाटन खेलमा मोरङ ११ क्वाटर फाईनलमा

<span class='c1'>विराट गोल्डकपको उद्घाटन खेलमा</span> <span class='c2'>मोरङ ११ क्वाटर फाईनलमा</span>

सुमन सुस्केरा
विराटनगर, १७ चैत ।
मोफसलकै पहिलो पटक फ्ड लाईटबाट बिराट गोल्डकपको उद्घाटन खेलमा आयोजकले पाहुना टोली थिम्पु फुटवल क्लब भुटानलाई हराएको छ । प्रतियोगितामा मोरङ ११ ले थिम्पु एपसीलाई २–० गोल अन्तरले पराजित गर्दै मोरङ क्वाटरफाईनलमा पुगेको छ । भुवन बस्नेत र निशान लिम्बुको गोल नै मोरङ ११ को जीतको आधार बन्यो । मोरङका तर्फबाट ६० औं मिनेटमा बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । गोलरक्षक नग्वाङ टासीले क्लियर गर्न खोज्दा रिबाउण्ड भएको बललाई बस्नेतले पोष्टको दिशा दिएपछि भुटान दवावमा प¥यो ।
अतिरिक्त समयमा निशान लिम्बूले गोल गर्दा मोरङ २–० गोल अन्तरले विजयी बन्यो । अफ्रिकन खेलाडी पियुसको क्रस पासमा वान भर्सेस वानको स्थितीमा लिम्बूले बललाई जाली चुमाउँदा विपक्षी गोल रक्षकले नियाल्न सम्म पनि भ्याएनन् । ६७ औं मिनेटमा टिसान्दा दोर्जीको प्रहारलाई गोलरक्षक सूर्य अधिकारीले विफल पारिदिंदा भुटानले खेलमा फर्कने अवसर गुमायो ।
पहिलो हाफ सम्म खेललाई नियन्त्रणमा लिएको मोरङले गोल गर्ने धेरै अवसरलाई भने सदुपयोग गर्न सकेन । उसका आधा दर्जन प्रहारले पोष्टको दिशा लिन सकेनन् । खेल अवधिभर गोल गर्नका लागि पाएका केही अवसरलाई भुटानले पनि खेर फाल्यो । फिनिसिङ पक्ष कमजोर हुनु भुटानका लागि विदेशी मैदान अफापशिद्ध भयो ।
भुटानका प्रशिक्षक जङ्चुक दोर्जीले खेलाडीले सोचे अनुरुप प्रदर्शन गरे पनि नतिजा आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिए । जितपछि मोरङका प्रशिक्षक पारश चौधरीले खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा परिणाम सोचे अनुरुप नै भएको बताए ।
मोफसलमा पहिलो पटक आयोजना गरिएको दिवा तथा रात्रिकालीन (डे–नाइट) प्रतियोगिताको उद्धघाटन प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले गरेका थिए । प्रतियोगिताको म्यान अफ दी म्याच मोरङका निशान लिम्बू घोषित भए । आइतबारको खेलमा संकटा फुटबल क्लब र भारतको मोहम्मेदन स्पोर्टिङ क्लबबीच प्रतिष्प्रधा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्