अमेरिका छिट्टै सिरियाबाट फर्किने ट्रम्पको सङ्केत

<span class='c1'>अमेरिका छिट्टै सिरियाबाट</span> <span class='c2'>फर्किने ट्रम्पको सङ्केत</span>

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वग्रस्त सिरियाबाट अमेरिका छिट्टै फर्किन लागेको सङ्केत गर्नुभएको छ ।

अमेरिकी सञ्चारमाध्ययम सिएनएनले राष्ट्रपतिले ओहाओको एक सम्बोधनलाई उद्धृत गर्दै जनाएको छ, “हामीले सिरियामा इस्लामिक स्टेट्स (आइआइएस) समूहलाई परास्त गरिसकेका छौ । हामी छिट्टै त्यहाँबाट फर्किनेछौँ । अब सिरियामा अरुले नै हेर्ने छन् अमेरिकाको आवश्यकता रहने छैन ।”

तर अमेरिकी अधिकारीले नाम गोप्य राख्ने शर्तमा भने राष्ट्रपति ट्रम्पले कुनै पनि समयमा सिरियाबाट फर्किने उर्दी जारी गर्नसक्नुहुन्छ तर सैनिक कमाण्डरहरू भने यति नै वेला सिरियाबाट फर्किहाल्ने पक्षमा नरहेका देखिन्छन् ।

उनले भने सिरियामा करिब ४०० विदेशी आइएस लडाकूलाई घेराबन्दीमा राख्न अमेरिकाको सहयोग प्राप्त सिरियाली प्रजातान्त्रिक शक्ति सफल भएको छ । यदि अमेरिका फर्केमा यसले पुन गतिविधिलाई विस्तार गर्न सक्नेछ ।
सिरियाली शहर तथा बजार क्षेत्रको शान्ति र स्थायित्वका लागि अमेरिकी विदेश मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोगका अधिकारीहरूले काम गरिरहेका छन् ।

उनीहरूले विश्व समुदायसँग आक्रमणबाट ध्वस्त बनेका संरचना, पानी, बिजुली, विद्यालय तथा अस्पताल निर्माणमा सहकार्य गरिरहेका छन् । सिरियामा करिब दुई हजार अमेरिकी सेना तैनाथ गरी प्रजातान्त्रिक शक्तिसँग मिलेर आतङ्कवाद विरुद्ध लड्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्