​शिक्षकको ‘यौन काण्ड’ ले प्रहरीमा खैलाबैला

<span class='c1'>​शिक्षकको ‘यौन काण्ड’</span> <span class='c2'>ले प्रहरीमा खैलाबैला</span>

ओखलढुंगा, १८ चैत  । ओखलढुंगामा अश्लील भिडियो खिचेर ब्लाक मेलिङ गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११, सोब्रुको जंगलमा यौन सम्पर्क गरिरहेका शिक्षक र महिलाको  भिडियो आफूहरुसँग रहेको भन्दै रकम असुल्न खोजेको आरोपमा ७ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुर जिल्ला कटारी नगरपालिका–१०, बस्ने करण मगरसहित ज्ञानबहादुर आले मगर, अनिल तामाङ, कमल मगर, पावल विक, ओखलढुंगाको मोलुङ गाउँपालिका–८, का राजकुमार राई र ओखलढुंगाको लिखु गाउँपालिका–५, का कृष्ण थापा छन् । प्रहरीले उनीहरु विरुद्ध म्याद थप गरी सार्वजानिक अपराध मुद्दा चलाएको छ ।

उनीहरुले बिहीबार बिहान सिद्धिचरण नगरपालिका–३ को नारायणस्थान माध्यामिक विद्यालयमा कार्यरत शिक्षक शंकरप्रसाद मेहता र एक महिलालाई आपत्तिजनक अवस्थामा देखेपछि भिडियो खिचेको बताउँदै आएका छन् । भिडियो खिचेपछि उनीहरुले शिक्षकसँग एक लाख रुपैयाँ मागेको स्वीकारेका छन् । पक्राउ पर्ने स्थानीय विकासका आयोजनामा काम गर्ने ७ जना मजदुर हुन् ।

तर, प्रहरीमा पुगेका शिक्षक मेहताले भने आफूले कुनै गलत काम नगरेको दावी गर्नुभएको छ । ‘मैले कुनै गलत काम गरेको होइन’, शिक्षक मेहताले भन्नुभयो, ‘मेरो मोटरसाइकल नियन्त्रणमा लिएर उनीहरुले पैसा मागेपछि प्रशासनमा उजुरी गरेको हुँ ।’ आफू उपचारका लागि अस्पताल जाँदा युवाहरुले बाटोमा रोकेर रकम मागेको उहाँको भनाइ छ । स्थानीय बासिन्दाले भने आफू गलत हुँदाहुँदै शिक्षक मेहताले शक्तिको आडमा युवाहरुलाई फसाएको आरोप लगाएका छन् ।

आफू सवार मोटरसाइकल नियन्त्रणमा लिएर रकम माग गरेको भन्दै शिक्षक मेहताले उजुरी गरेपछि युवाहरु पक्राउ गरेर म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताउनुभयो । ‘उजुरी आएपछि युवाहरुलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं’, शर्माले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्