विराट गोल्डकपको गएरातीको खेल यस्तो रह्यो, आज मोरङ ११ र झापा ११ बिच हुने (फोटो फिचर सहित)

<span class='c1'>विराट गोल्डकपको गएरातीको खेल यस्तो रह्यो, आज मोरङ ११</span> <span class='c2'>र झापा ११ बिच हुने (फोटो फिचर सहित)</span>

विराटनगर, १९ चैत ।
पाहुना टोली भारतको मोहम्मेदन स्पोर्टिङ क्लब कोलकातालाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा १–० गोल अन्तरले कोलकातालाई स्तब्ध पार्दै संकटाले विजयी सुरुवात गरेको हो । निर्धारित समय गोल रहित बराबरीमा सकिएको थियो । पहिलो हाफ बराबरी खेले पनि मध्यान्तरपछि रणनीति परिवर्तन गर्दै संकटा आक्रामक बन्यो । मध्यान्तरपछि कोलकाता रक्षात्मक रुपमा उत्रिए पनि संकटा त्यसलाई चिर्न सफल भयो । संकटाको कठिन जितमा अफ्रिकन खेलाडी जिब्रेल नायक बने ।
संघर्षपूर्ण खेलमा थप गरिएको अतिरिक्त समयको १३ औं मिनेटमा गोल गर्दै उनले संकटाको जित पक्का गरेका हुन् । लक्ष्मण रुचालको क्रस पासलाई जिब्रेलले भली गर्दै पोष्टको दिशा दिंदा उसको भाग्य चम्किएको हो । संकटाको फिनिसिङ पक्ष कमजोर हुँदा जितका लागि उसले अतिरिक्त समय कुर्न प¥यो । १५ औं मिनेटमा लक्ष्मण रुचालको पासमा जिब्रेलको प्रहार क्रसबार माथिबाट बाहिरियो । ३६ औं मिनेटमा लक्ष्मणको हेड प्रहारले पनि पोष्ट देखेन । ५३ औं मिनेटमा लक्ष्मणकै प्रहारमा कोलकाताका गोल रक्षक अविजित सरदार बाधक बने । ६० औं मिनेटमा संकटाका युसुफको प्रहारले विपक्षी बार तोड्न सकेन । रिबाण्डपछि प्रहार गरिएको बललाई पनि गोलरक्षकले रोकिदिए । ६४ औं मिनेटमा जिब्रेलको प्रहार कोलकाताका गोलरक्षकले क्लियर गरिदिए ।
संकटाको तुलनामा कोलाकाताले अवसर कम सिर्जना गर्न सक्यो । तर पाएका अवसरमा विपक्षी बार तोड्न नसक्नु उसका लागि दुर्भाग्यपूर्ण बन्यो । खेलको सुरुवाती १३ औं मिनेटमा आमिर हुसेनको पासलाई जोत मासीले गोलमा परिणत गर्न नसक्दा संकटालाई दवावमा राख्ने कोलकाताको सपना पूरा भएन । थप गरिएको अतिरिक्त समयको २७ औं मिनेटमा डिबक्स भित्रबाट नोट्री जेम्सले गरेको प्रहार दायाँ बार हुँदै बाहिरियो । त्यस लगत्तै केके फ्रयाङकोइसको प्रहार संकटाका गोलरक्षक सागर पियाको हातमा पुग्यो । रिबाण्ड भएको बललाई गोलरक्षक पिया विट भएको अवस्थामा नोट्री जेम्सले प्रहार गरे पनि नविन गुरुङले क्लियर गरिदिंदा संकटा ठूलो संकटबाट बच्यो । अन्तिम समयमा पाएका राम्रा अवसरले पोष्टको दर्शन गर्न नसक्दा कोलकाता स्तब्ध बनेर घर फर्कियो ।
कोलकाताका प्रशिक्षक अनन्त घोसले खेलाडीले राम्रो प्रदर्शन गरे पनि नतिजाले आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिए । कटारी गोल्डपको उपविजेता टिम संकटाका प्रशिक्षक सल्यान खड्गीले जुनियर खेलाडीका साथमा मैदानमा उत्रदा पनि नतिजा हात लग्नु गर्वको कुरा भएको बताए । उनले टिमका सिनियर खेलाडी बुटवलमा खेलिरहेका कारण जुनियर खेलाडी मात्र विराट गोल्डकपमा सहभागी भएको जानकारी दिए । ‘सुरुमै अग्रता लिनु पर्ने भए पनि राम्रा अवसरको सदुपयोग हुन सकेन,’ उनले भने, ‘तर अन्तिम समयमा आएर नतिजा उम्कन नपाउनु नै ठूलो कुरा हो ।’
खेलको म्यान अफ दी म्याच संकटाका कप्तान सरोज दाहाल घोषित भए । उनलाई भारतीय राजदुत आवासको हेडअफ द अफिसका निराज जैसवालले १० हजार नगद पुरस्कार प्रदान गरे । सोमबार आयोजक रिजालको मोरङ–११ र रमपम झापा–११ बीच प्रतिष्प्रधा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्