मणिपाल शिक्षण अस्पतालमा प्रहरी र कर्मचारीबीच झडप, ७ प्रहरीसहित अस्पताल कर्मचारी घाइते

<span class='c1'>मणिपाल शिक्षण अस्पतालमा प्रहरी र  कर्मचारीबीच</span> <span class='c2'>झडप, ७ प्रहरीसहित अस्पताल कर्मचारी घाइते</span>

अस्पताल प्रशासनले माग पुरा नगरेको भन्दै कर्मचारीहरुले ११ दिनदेखि धर्ना दिँदै आएका छन्। कर्मचारीको धर्नामा अस्पताल प्रशासनले प्रहरीले हस्तक्षेप गरेको कर्मचारीहरुको आरोप छ।  प्रहरीको हस्तक्षेपपछि कर्मचारीले ढुंगामुढा प्रहार गरेका थिए। उक्त क्रममा अस्पतालमा तोडफोड गरेको भन्दै प्रहरीले अस्पतालमा तोडफोड गरेको आरोपमा कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीसहित २० जनालाई पक्राउ गरेको छ।

अस्पतालमा कार्यरत ननटिचिङ कर्मचारीले लबको १० प्रतिशत घरभाडा बापतको सुविधा दिनुपर्ने, खटिएका ईन्चार्जहरुलाई ईन्चार्जको छुट्टै भत्ता उपलब्ध गराउनुपर्ने, संचित विदाको १ सय ८० दिन (पूरै) बिदा पाउनुपर्ने, अस्थायी र करारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गराउनुपर्ने लगायत विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्