आज शेयरको मूल्य सामान्य अंकले घटेको छ

<span class='c1'>आज शेयरको मूल्य सामान्य</span> <span class='c2'>अंकले घटेको छ</span>

काठमाडौँ, १९ चैत । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ३.२८ अंकले ओरालो लागेको नेप्से परिसूचक एक हजार १९२.९६ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६८ बिन्दुले ओरालो लागेर २५५.०१ विन्दुमा पुगेको छ । आज १५६ कम्पनीको करीब १० लाख ७० हजार कित्ता शेयर करीब रु २० करोड ५९ लाखबराबरको शेयर खरिद बिक्री भएको छ ।

वित्त क्षेत्रको बाहेक अरु समूहको शेयर आज ओरालो लागेको छ । सो समूहको शेयर ३.४७ विन्दुले उकालो लाग्दा बैंकिङ १.९६, होटल १६.५४, विकास बैंक ३.६४, जलविद्युत् ६.२४, बीमा २३.५८, उत्पादन ३३.४८, अन्य ०.६ र माइक्रोफाइनान्स समूहको शेयर ५.२६ विन्दुले ओरालो लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्