मोरङका पत्रकारलाई प्रदेश चु्नाव लाग्यो, प्रदेशको कार्यसमिति निर्वाचनका लागि समिति गठन

<span class='c1'>मोरङका पत्रकारलाई प्रदेश चु्नाव लाग्यो, प्रदेशको</span> <span class='c2'>कार्यसमिति निर्वाचनका लागि समिति गठन</span>

विराटनगर, २० चैत ।
नेपाल पत्रकार महासंघ मोरङले १ नम्बर प्रदेशको कार्यसमिति निर्वाचनका लागि निर्वाचन समिति बनाएको छ । नेपाल पत्रकार महासंघको कार्यालयमा आज शाखा अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले महासंघ मोरङका पूर्वअध्यक्ष दीपक दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो । समितिमा शाखा उपाध्यक्ष इन्दिरा भट्टराईलाई पनि सदस्यमा राखिएको छ। त्यस्तै, मोरङ बार एसोसिएसनका अध्यक्ष वा निजले तोकेका एक जना प्रतिनिधि अर्का सदस्य रहने छन् ।
पत्रकार महासंघको प्रदेश कार्यसमितिकालागि आगामी बैशाख २२ गते निर्वाचन हुँदैछ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुने निर्वाचनको मनोनयन दर्ता विराटनगरमा हुने छ । तर मतदान र मतगणना भने सम्बन्धित जिल्ला शाखाहरुमा नै हुनेछ नेपाल पत्रकार महासंघले जनाएको छ । १ नम्बर प्रदेशमा महासंघका १४ जिल्ला शाखा रहेका छन् ।
सदस्यता नविकरण
महासंघ मोरङले सदस्यता नवीकरणको काम तीब्र पार्ने निर्णय गरेको छ । चैत २५ गतेसम्ममा साधारण सदस्यले नवीकरण नगरे वैशाख २२ गते हुने निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने प्रदेश कार्यसमिति निर्वाचन (कार्यविधि) निर्देशिका २०७४ मा उल्लेख छ । सोहीअनुसार सदस्यहरूलाई समयमै सदस्यता नवीकरण गर्न महासंघले आग्रह गरेको छ ।
विमाका कुरा
बैठकले पत्रकारहरूको वीमा गर्नका लागि आवश्यक कागजात चैत मसान्तसम्ममा बुझाइसक्न सम्पूर्ण सदस्यहरूलाई आग्रह गरेको छ। बैठकले गत चैत १६ गते माहासंघको स्थापना दिवसको अवसरमा आयोजित षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण समारोह भव्य रुपमा सम्पन्न भएको भन्दै सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्