सामुदायिक विद्यालयको गुणस्तर सुधार नभए शिक्षक कार्वाहीमा

<span class='c1'>सामुदायिक विद्यालयको गुणस्तर सुधार</span> <span class='c2'>नभए शिक्षक कार्वाहीमा</span>

तहैथुम, २१ चैत ।
प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नभए प्रदेश सरकारले कारवाही गर्ने चेतावनी दिनुभएको छ । सरकारी लगानीका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नभएको भन्दै मुख्यमन्त्री राईले शैक्षिक गुणस्तर सुधार नगर्ने विद्यालय र शिक्षक समेतलाई कारवाही गर्ने चेतावनी दिनुभएको हो । तेह्रथुम जिल्लालाई सदरमुकाम म्याङलुङमा साक्षर जिल्ला घोषणा गर्दै मुख्यमन्त्री राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रदेश सरकारले छिटै शैक्षिक नीति ल्याउन लागेको पनि वताउनुभयो ।
प्रदेश नम्वर १ लाई आर्थिक, सुशासन र बिकासका हिसावले देशका अन्य प्रदेश भन्दा पहिलो प्रदेश वनाएरै छाड्ने मन्त्री राईले प्रतिवद्धता पनि जनाउनुभयो । प्रदेशको आर्थिक बिकासका लागि भारत संगै बंगलादेश, चीन र भुटानसंगका नयाँ नाका संचालन गरी व्यापार संझौता गर्ने मुख्यमन्त्री राईको भनाई थियो । प्रदेश सरकारले ७ सय ६२ मेगावाट क्षमताको तमोर जलासाय युक्त विद्युत आयोजनालाई वहुउदेशीय आयोजनाको रुपमा विकास गर्र्ने प्रकृया पनि अघि वढाएको मुख्यमन्त्री राईले वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्