बुढीगंगामा मध्यरातमा ज्योती मगरको यस्तो ताल (भिडियो सहित)

<span class='c1'>बुढीगंगामा मध्यरातमा ज्योती मगरको</span> <span class='c2'>यस्तो ताल (भिडियो सहित)</span>

विराटनगर, २१ चैत ।
वुढीगंगा गाउँपालिकामा लागेको बुढीगंगा महोत्सवमा मंगलवार ती ज्योती मगरलाई बोलाईएको थियो । स्थानीय युवाहरुको अग्रसरतामा आयोजना भएको महोत्सवमा ७० हजार दिएर ल्याईएकी ज्योतीलाई हेर्नकोलागि बृद्ध आमा –बुवा देखि भर्खरका युवाहरुको पनि उसैगरी उपस्थिती थियो । ज्योती मगर आउने भनेपछि हो न हो के–के न हेर्न पाईने भईयो भनेर ठुलो भिड लागेको थियो । एक अब्यवस्थित अर्को पैसा तिरेर महोत्वसको आनन्द लिन पुगेकाहरुलाई गरिएको ब्यवहारले एक अब्यवस्थित अर्को पैसा तिरेर महोत्वसको आनन्द लिन पुगेकाहरुलाई गरिएको ब्यवहारले महोत्वसको सालिनतालाई गिज्याई रहेको थियो । दर्शकलाई ब्यवस्थापनको लागि राखिएका केही ब्यक्तिहरुले सर्बसाधारणलाई अभद्र ब्यवहार समेत गरेको देखिन्थ्यो । महोत्सवको माहौल दिउँसो सुनसान देखिएपनि जब साँझ ढल्दै गएको थियो त्यसपछि मात्र माहौल तातिएको थियो ।शुरुका केही घण्टा दर्शकलाई भुल्याउनको लागि केही नृत्यहरु देखाईएको भएपनि जब रातीको ९ बज्यो त्यसपछि मात्र दर्शकको सामु ज्यातीलाई ल्याईएको  ज्यालेती लगाएका छोटा लुगाका कारण सोमरसमा नतमस्तक भएर आएकाहरुले कोहीलाई नै चिन्दैनथे ।
महोत्सवमा मदिरा
महोत्सवको नाम दिईएको भएपनि त्यसलाई सही ब्यवस्थापन हुन नसक्दा महोत्सव मदिरा र जुवा खेल्नेस्थल बनेको छ । सामान्यतया दशै तिहारमा खेलिने ढाईस मेलामा बालबालिका देखि युवाहरुले खेल्ने अकर्षक खेल बनाईएको छ । त्यसको बारेमा प्रहरी पनि रमिते बनेको छ । त्यही मेलामा राखिएका मदिराका कारण उछृङ्खल गतिबिधि समेत हुने गरेको स्थानीयले बताएका छन् । ‘मदिरा मात्र नियन्त्रण गरेर महोत्सव लगाएको भए हुन्थ्यो, एक दर्शकले भने, कार्यक्रम राम्रो गर्न खोजेको जस्तो देखिएपनि सबै जाँड खाएर आएकोले आफैलाई असुरक्षित महसुस भयो ।’

ज्योतीको यस्तो भिडियो

https://www.youtube.com/watch?v=kCzBvkqs55U&feature=youtu.be

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्