उद्योग वाणिज्य महासंघको १ नम्बर प्रदेश कार्यालय विराटनगरमा उद्घाटन

<span class='c1'>उद्योग वाणिज्य महासंघको १ नम्बर</span> <span class='c2'>प्रदेश कार्यालय विराटनगरमा उद्घाटन</span>

विराटनगर, २१ चैत ।
नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश कार्यालयको उद्घाटन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कार्यालय उद्घाटन गर्दै नेपालको औद्योगिक क्षेत्रको रुपमा रहेको बिराटनगर र अहिलेको अस्थायी राजधानी रहेको कारणले पनि प्रदेश कार्यालय विराटनगरमा स्थापना गरेर काम शुरु भएको जानकारी दिनुभयो। उहाँले देश संघीय संरचनामा गईसकेपछि सोहि अनुरुप सातै प्रदेशमा इकाइ स्थापना भईसकेको अबस्थामा प्रदेश नम्बर १ मा व्यवस्थित कार्यालय स्थापना गरेकोमा खुशी व्यक्त गर्दै अव प्रदेश उद्योग वाणिज्य महासंघ मार्फत काम कारवाही गरिने बताउनुभयो ।
महासंघले गठन गरेको इकाइमा कार्यालय स्थापना गर्ने १ नम्बर प्रदेश भएकोमा बधाई समेत दिनु भयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क चेम्वर अफ कमर्श एण्ड इण्डष्ट्र्जिका उपाध्यक्ष चण्डीराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर प्रधान, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, केन्द्रीय सदस्य अविनाश बोहरा, हेमराज ढकाल, जयप्रसाद शिवाकोटी, प्रकाश सिंह कार्की, सुदर्शन कार्की, सार्क चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्र्रिजका सदस्य श्री देशबन्धु (अजित )बस्नेतको उपस्थित थियो । सहभागी उद्योगी ब्यवसायीले एक नम्बर प्रदेश कार्यालयबाट काम शुरु भईसकेको अबस्थामा अब एक नँम्बर प्रदेश कार्यालयले १ नम्बर भएर नै काम गर्नेमा आशा ब्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खडकाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्र राउत, मा. लिलम बस्नेत लगायत कार्य समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्