सुनसरी र मोरङमा एकैदिन चारजनाको आत्महत्या,कारण बारे खोजी हुनु पर्ने

<span class='c1'>सुनसरी र मोरङमा एकैदिन चारजनाको</span> <span class='c2'>आत्महत्या,कारण बारे खोजी हुनु पर्ने</span>

विराटनगर २२ चैत ।
सुनसरी र मोरङमा एकै दिन चार जनाले आत्महत्या गरेका छन् । प्रहरीले आत्महत्याको कारण बारे जानकारी नै नहुने गरेको भएपनि पारिवारिक कलह नै मुख्य समस्याको रुपमा रहेको जनाएको छ । प्रहरी तथ्यांक अनुसार एकै दिन ४ जनाले आत्महत्या गरेको देखिन्छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुुसार आत्महत्या गर्ने र प्रयास गर्नेमा भर्खरका १८ बर्षिय युवा देखि ६५ बर्षिय बृद्धसम्म रहेका छन् । यसरी आत्माहत्या गर्नेमा मोरङ जिल्लाका धेरै रहेका छन् । आत्महत्या गर्नेमा सुनसरी जिल्लाका २ जना रहेका छन् । ति दुबै जना धरानको रहेको प्रहरीको भनाई छ । धरानको खैरेनी जंगलमा खरानेको रुखमा २५ बर्षिय पुजा बस्नेतले झुण्डिएर आत्महत्या गरेकी छिन् । त्यस्तै धरान ६ लिम्बुचौरीका ६५ बर्षिय कृष्णप्रसाद गौतमले पनि आफ्नै घरमा रहेको आँपको रुखमा भुण्डिएर आत्महत्या गरे ।
एक पुरुष र एक महिला गरी दुईजनाले सुनसरीमा आत्माहत्या गरेको खबर आईरहँदा मोरङमा पनि २ जनाले आत्महत्या गरेर ज्यान गुमाएका छन् भने एक जनाको अबस्था गम्भीर छ । विराटनगर महानगरपालिका ३ का ५० बर्षिय धु्रब रोक्काले आफ्नै घरको झ्यालमा भुण्डिएर आत्महत्या गरेका छन् । त्यस्तै बेलवारी नगरपालिका ८ बबर टोल बस्ने ४२ बर्षिय खगेन्द्र नेपाली आफ्नै घरको बाँसको बलोमा झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ। त्यतै बुढीगंगा ६ का १८ बर्षिय सोनु लिम्बुले आफ्नै घरमा झण्डिएको अबस्थामा आफ्नै आमाले डोरी काटेर बचाएकी छिन् । आत्महत्याको प्रयासमा गम्भीर अबस्थाका उनलाई थप उपचारको लागि विराटनगरको नोवेल मेडिकल कलेजमा ल्याईएको छ । आत्महत्या गर्नुको कारण बारेमा प्रहरीले केही जानकारी नदिएपनि पछिल्ला दिनहरुमा आत्महत्याको अबस्था भयाबह रुपमा देखिन थालेको प्रहरीले जनाएको छ । कतिपय घरायसी विवादका कारण आत्महत्या गरेको बताउँछन् भने कतिपयले आफुले चाहेको कुरा नपाउँदा समेत आत्महत्या गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्