प्रेमको नाममा हत्याको प्रयास , बलात्कार पछि भाउन्ने जंगलमा बेहोस बनाएर फालियो

<span class='c1'>प्रेमको नाममा हत्याको प्रयास , बलात्कार</span> <span class='c2'>पछि भाउन्ने जंगलमा बेहोस बनाएर फालियो</span>

सुमन सुस्केरा
विराटनगर, २३ चैत ।
गत फागुन २६ गते मोरङको बेलवारी नगरपालिका १० को भाउन्ने जंगलमा एक महिला वेहोस अबस्थामा भेटिईन् । स्थानीयले त्यस बिषयमा स्थानीयले प्रहरीलाई जानकारी गराए । वेलवारीको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठायो ।
औषधी उपचार पछि ती महिलाको होस पनि खुल्यो । अचेत अबस्थाकी उनलाई कसले अस्पताल पु¥यायो भन्नेसम्म हेक्का उनलाई थिएन । प्रहरीले उनको होस आएपछि मात्र थाहा पायो उनको बास्तविकता, उनी सुनसरी की रहिछन् । सुनसरीको बराह नगरपालिकाकी उनलाई त्यस्तो अबस्था कसले बनायो त्यो सोधीखोजीमा प्रहरी लाग्यो । उनका श्रीमान ७ बर्ष अघि दोश्रो विवाह गरेर घर छाडी हिँडेको फेला पा¥यो । ति महिला होटलमा भाँडा माझ्ने काम गर्थिन् । तर उनलाई त्यसरी होटलमा भाँडामाझेको पनि कुनै एक पापीले देखि सहेन । उनीमाथि कसैको आँखा लाग्यो । उनलाई सुनसरी जिल्ला बराहा नगरपालिका वडा नं. ७ बस्ने बेचु झाको छोरा वर्ष २३ को अजय झाले बिवाह गर्छु भन्दै फकायो । श्रीमान्ले अर्कै बिहे गरेर गयो आफुपनि कसको लागि पर्खिएर बस्ने भन्ने लागेर उनीपनि मख्ख परिन् । त्यसैको मौका छोपेर अजय झाले उनलाई जवरजस्ती पटक पटक बलात्कार ग¥यो । जसको कारण उनको पेटमा गर्भ बस्यो । जव उनको पेटमा गर्भ बस्यो तर ति महिलाले आफुलाई बिहे गर्न भन्दा कथाले अर्के मोड लियो ।
अजय झाले सन्तोष तामाङ सहितको सहयोगमा झापाको दमकमा डेरामा राख्छु भन्दै मोटरसाईलमा हालेर लिएर हिँडे । दमकमा डेरा खोजेको होला राख्ला अनी श्रीमान श्रीमती भएर जीवन रमाईलो गरी चलाउँला भनेकी ति महिललाई जंगलमा लगियो । त्यो जंगल थियो मोरङको बेलवारी नगरपालिकाको भाउन्नेको । हो त्यही जंगलमा ज्यान मार्ने उद्देश्यले कुटपिट लछारपछार गर्दै घाँटीमा सलले थिचेर अचेत अबस्थामा छाडेर दुबै जना भागे ।
अचेत अबस्थामा फेला परेकी उनको उपचार गराउने क्रममा पेटमा ७ महिनाको गर्भ रहेको थाहा भयो । तर गर्भमा रहेको बच्चाको पनि पेटमै मृत्यु भएको चिकित्सकले रिपोर्ट दिएको थियो । उनका बाबु डोमाले ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी दरखास्त दिएपछि प्रहरीले उनीहरुको खोजी शुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङ र ईप्रका बेलबारीबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्ने क्रममा बिहिवार पक्राउ परेका उनीहरुलाई आज सार्कजनिक गरेको छ । पक्राउ परेका अजय झालाई ज्यान मार्ने उद्योग, जबरजस्ती करणी र गर्भपतन अन्तरगत म्याद थपगरी मुद्दा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुण कुमार बिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्