दिल्लीमा प्रधानमन्त्री ओलीले भने – नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौं

<span class='c1'>दिल्लीमा प्रधानमन्त्री ओलीले भने – नेपाल</span> <span class='c2'>र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौं</span>

नयाँदिल्ली २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् ।
दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताएका हुन् ।
‘हामी एउटा नमुना सम्बन्ध विकास गर्न चाहन्छौं, जसले दुबै देशको समृद्धि सँगसँगै हुनेछ’ प्रधानमन्त्री ओलीले भनेका छन् । उनले समृद्धि नेपाल र भारतको संयुक्त एजेण्डा भएको पनि बताए । आफ्नो भारत भ्रमणले दुई देशबीच सम्बन्धको नयाँ बाटो र अर्थ पहिल्याउने भन्दै ओलीले दुई छिमेकीबीचको सम्बन्ध २१ औं शताब्दीको यथार्थताको आधारमा हुने पनि बताएका छन्।
तीनै तहको चुनावपछि नेपाल राजनीतिक स्थायित्वसँगै सामाजिक आर्थिक विकासको बाटोमा रहेको भन्दै प्रधानमन्त्री ओलीले यसमा भारतको सहयोग र सहकार्यको अपेक्षा रहेको धारणा राखेका छन् । प्रधानमन्त्रीको रुपमा दोस्रो भारत भ्रमणलाई आफूले उच्च स्तरको राजनीतिक तहको छलफलको अवसरका रुपमा लिएको ओलीले बताएका छन् ।

अहिले नेपाललाई धेरै लगानी आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले भारतको सार्वजनिक र निजी क्षेत्रको लगानीको अपेक्षा गरेको पनि बताएका छन् । नेपाल र भारतबीच अन्तरदेशीय प्रशारण लाइन र इनर्जी बैंक निर्माणका लागि पनि दुबै देश सहमत भएको ओलीले संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

नेपालले जटिल संक्रमणकाल भोगेर आर्थिक विकासको नयाँ युगमा आइपुगेको भन्दै ओलीले यस अवस्थामा भारतको सहयोग र सहकार्यको अपेक्षा गरेको बताएका छन् । भारतले केही दशकयता तीब्र विकास गरेकोमा प्रधानमन्त्री मोदीलाई बधाइ दिँदै ओलीले नेपालले यसलाई अवसरको रुपमा लिएको बताएका छन् । नेपालमा हरेक वर्षायाममा पानीका कारण समस्या भोग्नुपरेको भन्दै प्रधानमन्त्री ओलीले यसको उपयुक्त समाधानको आवश्यकता दुबै प्रधानमन्त्रीले महसुस गरेको पनि बताएकाे खबर अनलाईन खबरले दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्