बालसन्त स्वामी माथी गोली प्रहारकाे विरोधमा विराटनगरमा विरोध प्रदर्शन, स्थानिय व्यापारीद्धारा प्रतिरोध

<span class='c1'>बालसन्त स्वामी माथी गोली प्रहारकाे विरोधमा</span> <span class='c2'>विराटनगरमा विरोध प्रदर्शन, स्थानिय व्यापारीद्धारा प्रतिरोध</span>

प्रेम देवान

विराटनगर २५ चैत । चतराका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको विरोधमा हिन्दू संघसंस्थाद्धारा ले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।
विराटनगरको समस्त ओमकार परिवारले आईतबार बिहान १० बजे पत्रकार सम्मेलन गरी आचार्यमाथिको आक्रमण समस्त हिन्दूहरुमाथि भएको भन्दै विरोध गरेका हुन् । बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको विरोधमा हिन्दू संघसंस्थाले विराटनगरको धरान विराटनगर चल्ने यातायाता केहीबेर अवरोध गरेका थिए । करिब आदा घन्टाजति गरीएको अवरोधका कारण सर्वसाधरण तथा यात्रुचालकहरुलाई समस्या परेको थिए । उनीहरुले हिन्दुराज्य कायम गर , विदेशी धर्म चाहिदै, गोली हान्नेलाई कारबाही गर, हिन्दु धर्मको विरोध गर्न पाईदैन भन्दै नारावाजी गरेका थिए ।
यसैविच उनीहरुले विराटनगर बजार बन्द गराउन आव्हान गरेका थिए । यद्यपि व्यापारीले प्रतिरोध गरेपछि बजार भने खुल्ला नै रहेको छ । स्थानिय व्यापारीलाई पसल बन्द गर्न आग्रह गरिएता पनि व्यापारीहरु कडा रुपमा प्रतिकार गरेपछि विरोधमा उत्रिएका हिन्दू संघसंस्थाद्धारा नारावाजी गर्दै बजार परीक्रमा गरेका थिए ।
आचचर्यमाथी विराटनगर–१४, जतुवास्थित श्री रामजानकी मन्दिरमा आईतबारदेखि हुने श्रीमद्भागवत महापुराणमा सहभागी हुन आचार्य गएराती ८ बजे विराटनगर आईपुगेका थिए ।
आचार्यलाई आईतबार बिहान १ः४५ बजे शौचालय जाने क्रममा गोली प्रहार भएको थियो । घटनास्थलमा गोलीका दुई वटा खोका भेटिएको मोरङका प्रहरीले जनाएको छ । दाहिने कुममा गोली लागेका आचार्यको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

गोली प्रहार भएको घटनास्थलमा घटना स्थालमा खबरदारी र होसियार ‘हिन्दुधर्मका दलालहरुको ’शिर्षकको एउटा पर्चा भेटिएको छ । पर्चामा आदिवासी मंगोल समुदायलाई आचार्यले हेप्ने गरेको र हिन्दूवादी भएको भन्दै त्यसो नगर्न चेतावनी दिइएको छ । श्रीनिवास आचार्य हिन्दूराज्य नेपालको स्थापनार्थ अभियान चलाउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्