विराटनगरमा भएको दुईदिने ‘मेघा शैक्षिक मेला’ सम्पन्न

<span class='c1'>विराटनगरमा भएको दुईदिने ‘मेघा</span> <span class='c2'>शैक्षिक मेला’ सम्पन्न</span>

विराटनगर, २५ चैत । विराटनगरमा दुईसम्म भएको लागेको ‘मेघा शैक्षिक मेला २०७४’ मा एक हजार बढी विद्यार्थीहले शैक्षिक परामर्स लिएका छन् ।
मुलुकको विभिन्न देशहरुमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुकालागी विराटनगरमा दुईसम्म ‘मेघा शैक्षिक मेला’ जारी थियो ।
शनिबारबाट विराटनगरको होटल नमस्कारमा जारी मेला आईतबार सम्पन्न भएको छ । प्रदेश नम्बर २ का जिल्लाका विद्यार्थीहरुको समेत उपस्थित रहेको थियो । एक नम्बर प्रदेश बाहेक अन्य सिराह, सप्तरी, राजविराज लहानदेखि पनि विद्यार्थीहको उपस्थित रहेको छ ।
इडेन एकाडेमी कन्सल्टेन्सी धरान र लिङकन एकाडेमीको संयुक्त आयोजनामा शनिबार र आईतबार दुईदिने शैक्षिक मेला विराटनगरमा राखिएको थियो । विराटनगरपछि सुनसरीको इटहरी, धरान र झापाको विर्तामोर्डमा शैक्षिक मेला आयोजना हुने इडेन एकाडेमी कन्सल्टेन्सीको चिर्यरपर्सन मोहन तिगेलाले जानकारी दिए । यसैगरी विराटनगरमा जारी दुई दिने मेघा शैक्षिक मेलामा विभिन्न जिल्ला १ हजार बढी विद्यार्थीहरुको सहभागीता रहेको लिकंन एकाडेमीका गम्भिर भगतले जानकारी दिए ।

विराटनगरपछि इटहरीको मनशान्त क्विन प्यालेसमा चैत २६ गते, विर्तामोडको हनुमान कम्प्लेक्समा चैत २७ र २८ गते हुनेछ भने धरानमा चैत २९ र ३० गते अग्रसेन स्तुती भवनमा हुने आयोजकले जनाएको छ । मेलामा अट्रेलिया, भारत, जापान अमेरीका, यूरोप लगायतका देश भित्र रहेको नाम चलेको कलेजहरुको स्टल राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्