पूर्वका समस्याहरु उठाउन उद्योगी राउतले प्रधानमन्त्रीसामु विशेष प्रस्ताव राखे

<span class='c1'>पूर्वका समस्याहरु उठाउन उद्योगी राउतले</span> <span class='c2'>प्रधानमन्त्रीसामु विशेष प्रस्ताव राखे</span>

विराटनगर २५ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीलाई एक नम्बर प्रदेशका उद्योगी व्यपारीहरुले मिरगन्जको पुल पूर्ण अबस्थामा संचालन गराउन पहल गरिदिन आग्रह गरेका छन् । भ्रमण टोलीमा रहेका उद्योग बाणिज्य महासंघ एक नम्बर प्रदेशको वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले समस्यामाथी विशेष छलफल हुने बताए । २७ र २८ साउनमा आएको बाढीले क्षति ग्रस्त बनाएको भारत बिहार राज्यको अररिया जिल्ला स्थित मीरगन्जमा रहेको परमान नदीको फलामे पुल अझै पूर्ण सञ्चालनमा नआउँदा आर्थिक नोक्सानी र झन्झट बेर्होनु परिरहेको विषय उठान गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको राउतले बताए ।
मीरगन्ज पुल पुर्ण अबस्था संचालन नहुँदा उद्योगी व्यपारीहरुले अझै १ सय ५० किलोमिटरको दुरी पार गराएर सामान ल्याउनु पर्छ । भीमनगर हुंदै सुनसरीको भण्टाबारी नाका भएर विराटनगर भंसारमा आएर माल सामान जांचपास गर्नु पर्ने बाध्यता भोगिरहेका व्यापारीहरु पुलकै कारण आर्थिक र भौतिक सास्ती भोगेको बताउँछन् ।
नेपाल सरकार र उद्योगी व्यवसायिहरुको पटक पटकको ताकेतापछि भारतले पुल मरम्मत गरेर संचालनमा ल्याएपनि पुर्ण भारवहन क्षमताका सवारी आवत जावत गर्न भने दिएको छैन । हाल २० टन सम्मका मालबाहक सवारी मात्र उक्त्त पुलबाट आवत जावत गर्न पाउँछन । उक्त पुल धेरै पुरानो र जिर्ण भएकोले नयाँ स्थायी पुलको निर्माणकालागि पनि पहल गर्नुपर्ने माग उद्योगी व्यापारीहरुको छ ।
विराटनगर जोगबनी भन्सार नाका भएर मालबाहक सवारीइ आवत जावत गर्ने मुख्य मार्गमै मीरगन्ज पुल पर्दछ । जसले गर्दा दोस्रो र तेस्रो मुलुकको आयात निर्यातमा प्रत्यक्ष समस्या भैरहेको छ । उद्योगी व्यपारीहरुले जोगवनीमा प्राबिधिक ल्याव नहुंदा रक्सौल, पटना, कोलकत्ता जानु पर्ने वाध्यता रहेकोले तत्काल ल्याव स्थापना गराउनकालागि पहल गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्