ताजमहल कै अन्य केही भौतिक संरचनामा समेत क्षति पुगेको बताइएको छ । तर त्यहाँ कुनै मानवीय क्षति भने नभएको अधिकारीहरुको भनाइ छ । १३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको हुरीले कयौं स्थानमा रुख ढालेको छ । करिब आधा घण्टासम्म भारी वर्षाका साथ चलेको हुरीले भएको क्षतिको पूर्ण विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)