नेपाली विद्यार्थीलाई भारतमा ५० करोड बराबारको निशुल्क छात्रावृत्ति

<span class='c1'>नेपाली विद्यार्थीलाई भारतमा ५०</span> <span class='c2'>करोड बराबारको निशुल्क छात्रावृत्ति</span>

विराटनगर ३० चैत । भारतको एक च्यारिटेवल ट्रष्टले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा पढ्नको लागी ५० करोड बराबरको छात्रवृत्ति प्रदान गर्नेभएको छ ।
भारतीय पुर्व राष्ट्रपति स्व.डा.ए.पी.जे अब्दुल कलामको सम्झनामा स्थापना गरिएको रोजमाईन एजुकेश्नल एण्ड च्यारिटेबल ट्रष्टले करिब १२ सय विद्यार्थीहरुलाई उक्त रकम बराबरको छात्रवृत्ति प्रदान गर्ने जनाएको हो । इन्जिनियरिङ, पारामेडिकल र व्यवस्थापन तर्फ प्रविणता प्रमाणपत्र तह, स्नातक र स्नातोकेतर तहमा छात्रवृत्ति दिने कार्यक्रम अन्तर्गत राजमाइनले १२ सय विद्यार्थीको शुल्क जिम्मा लिने निर्णय गरेको छ ।
रोजमाईन एजुकेशनल एण्ड च्यारिटेबल ट्रष्ट र नेपालको सामाजिक संस्था गौतम बुद्ध वेलफेयर एजुकेश्नल नेपालले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यस विषयमा जनाकारी गराएको हो ।
शिक्षा माफिया कारण गरिव विद्यार्थीहरुले प्राविधिक शिक्षामा पहुँच पुग्न नसकेको कारण शिक्षा माफिया र कलेजविचको साँठगाँट विरुद्ध आवज उठाउदै गरिव विद्यार्थीहरुलाई निशुल्क प्राविधिक शिक्षा प्रदान गर्न लागिएको रोजमाइनका संस्थापक शिक्षाविद् अबैस अम्बरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
ट्रष्टले यसअघि सिरहा,सप्तरी, उदयपुर , सुनसरी, झापा, काडमाडौँमा ३ सय भन्दा बढी विद्यार्थीहरुको रजिष्ट्रेसन गरिसकेको सामाजिक संस्था गौतम बुद्ध वेलफेयरका अध्यक्ष राजु मण्डलले जनकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्