रेडक्रस अब संघीय संरचनामा, नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशन विराटनगरमा सम्पन्न

<span class='c1'>रेडक्रस अब संघीय संरचनामा, नेपाल रेडक्रस</span> <span class='c2'>सोसाइटीको ४७ औँ महाधिवेशन विराटनगरमा सम्पन्न</span>

विराटनगर, ३० चैत ।  केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा सांगठनिक निकाय रहने निर्णय गर्दै नेपाल रेडक्रस सोसाइटीको ४७ औँ महाधिवेशन सम्पन्न भएको छ ।  त्यस्तै प्रत्येक प्रदेशमा प्रदेशसभाको गठन हुने नयाँ व्यवस्था गरिएको छ । यसैगरी रेडक्रसलाई समावेशी रुपमा सञ्चालन गर्न केन्द्रीय तहमा कम्तीमा चार, प्रदेश र जिल्ला तहमा कम्तिमा तीन जना महिला कार्यसमितिमा रहने व्यवस्था गरिएको छ ।

रेडक्रसलाई उत्कृष्ट मावनीय संस्थाका रुपमा विकसित गर्दै यसका सिद्धान्तअनुसारका कार्यक्रम तथा गतिविधि सञ्चालन गर्नेलगायत ११ वटा प्रस्ताव पारित गरिएको प्रस्ताव छानबिन समितिका संयोजक शशि पन्थीले जानकारी दिनुभयो ।

प्रस्तावमा सिद्धान्तअनुरुप कार्यक्रम सञ्चालन, जिल्लाका रक्तसञ्चार सेवालाई थप प्रभावकारी बनाउने, पारदर्शीता, जवाफदेहीताका लागि सार्वजनिक लेखापरीक्षणजस्ता प्रभावकारी औजार प्रयोग गर्ने, प्रत्येक निर्णायक तहमा महिला सहभागिता बढाउने र दक्ष जनशक्तिको बढोत्तरी गर्दै जानेलगायत छन् ।

त्यस्तै राज्यका विभिन्न तहका तोकिएका कार्यकारी पदमा निवाचित व्यक्ति, राजनीतिक दलका केन्द्र, प्रदेश र जिल्ला तहका प्रमुख पदाधिकारी एवं संघीय सांसद र प्रदेशसभा सदस्य नेपाल रेडक्रस सोसाइटीका कुनै पनि तहका कार्यसमितिमा पदाधिकारी नरहने गरी स्वयंसेवक तथा सदस्यको आचारसंहितामा नयाँ व्यवस्था गरेको छ ।

महाधिवेशनले महामन्त्री र कोषाध्यक्षबाट प्रस्तुत प्रगति तथा आर्थिक प्रतिवेदन तथा आगामी वर्षको कार्यक्रम तथा बजेट पारित गरेको छ । यसैगरी भोजपुर जिल्ला शाखाको भवन निर्माणका लागि जिल्ला शाखा र केन्द्रीय पदाधिकारी तथा सदस्य तथा कर्मचारीबाट अधिवेशन स्थलमा रु चार लाख ४४ हजार सहयोग संकलन भएको छ ।

महाधिवेशनको समापन गर्दै सोसाइटीका केन्द्रीय अध्यक्ष सन्जीव थापाले रेडक्रसको संगठनात्मक संरचना मुलकको संघीयताअनुसार बनाउने अधिवेशन सफल भएकामा खुशी व्यक्त गर्दै रेडक्रस नयाँ ऐतिहासिक चरणमा प्रवेश गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्