भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा :गच्छदार

<span class='c1'>भारतले नेपालको संविधानलाई स्वीकार</span> <span class='c2'>गर्नु खुशीको कुरा :गच्छदार</span>

विराटनगर, २९ चैत ।  नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले भारतले नेपालको संविधानलाई स्वीकार गर्नु खुशीको कुरा भएको बताउनुभएको छ ।  विराटनगर विमानस्थलमा हिजोसाँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधान बनाउने अधिकार नेपाली जनता र राजनीतिक पार्टीको भएकाले प्रधानमन्त्री केपी ओलीको हालै भएको भारत भ्रमणमा यस विषयमा कुरा नउठ्नुले संविधान सर्वस्वीकार्य बनेको प्रष्ट पार्नुभयो ।

नेता गच्छदारले आगामी वैशाख ७ गते बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट पार्टीमा खाली रहेका केन्द्रीय पदाधिकारी चुनिने बताउनुभयो । उहाँले विगतमा लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार कार्यकर्तालाई काँग्रेसमा सम्मानजनक सहभागिता हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्