नयाँ बर्षसँगै विराटनगरमा डेढ अर्बको सपिङ महल र ५० करोडको होटलको आगमन

<span class='c1'>नयाँ बर्षसँगै विराटनगरमा डेढ अर्बको सपिङ</span> <span class='c2'>महल र ५० करोडको होटलको आगमन</span>

प्रेम देवान
विराटनगर १ वैशाख । १ नम्बर प्रदेशको राजधानी विराटनगर भएसंगै उद्योग र होटल व्यावसायमा लगानीकर्ताहरु बढेका छन् । पछिल्लो समय सपिङ महल तर्फ उपभोक्ताको आकर्षण बढ्दै गएकाले औद्योगिक नगरी विराटनगरमा ठूला व्यापारिक महल खुल्ने क्रम पनि बढ्दो छ  ।
आज नयाँ वर्ष वैशाख १ गते विराटनगरमा दुई ठुला सपिङ महल र होटलको औपचारिक रुपमा शुरुवात हुँदैछ । विराटनगर धरान रोडमा रहेको भाटभाटेनी सुपरमार्केट आज नयाँ वर्षको दिन संचालनमा आँउदैछ । व्यापारिक मलले उपभोक्तालाई रोजेजस्तो र खोजेजस्तो दैनिक उपभोग्य सामान खरिद गर्नुका साथै बालबालिकादेखि वृद्धसम्मलाई मनोरञ्जन प्रदान गर्ने भएका कारण भाटभटेनीको १५ औँ शाखा विराटनगरमा विस्तार गरिएको हो  ।
देशका विभिन्न स्थानमा शाखा विस्तार गरिरहेको व्यापारिक घराना भाटभटेनी सुपरमार्केटले एकै ठाउँमा सबै उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले नेपालको प्रमुख व्यापारिक स्थल बिराटनगरमा भाटभटेनी सुपरमार्केटको १५ औँ व्यापारिक कम्प्लेक्स विराटनगरमा आजदेखि सञ्चालनमा ल्याईएको विराटनगर शाखाका व्यावस्थापक विनोद भट्टराईले आवर विराटनगरलाई जानकारी दिए ।
एक नम्बर प्रदेशको राजधानी विराटनगरमा एउटै भवनबाट सबै किसिमको व्यापारिक सेवा प्रदान गर्ने उद्देश्यले खडा गरिएको भवनमा अण्डरग्राउण्ड सहित ७ तलाको बहुउद्देश्यीय व्यापारिक सपिङका रुपमा सबै सामानले भरिभराउ छ । भटभटेनीमा बेसमेन्टको स्थान पार्किङ र कार्यालयका लागि छुट्याइएको छ । भुई तलामा ग्रेसरी अर्थात खाद्य सामाग्री र पहिलो तलामा भान्साका सामग्री किचनवेयर र शृङ्गार–कस्मेटिका सामग्री राखिएको छ । त्यस्तै दोस्रो तलामा रेडिमेड गार्मेन्ट र कपडा, तेस्रोमा फुटवेयर र इलेक्ट्रोनिक तथा चौथो तलामा फर्निचरका सामाग्री राखिएका छन् ।

भाटभटेनीले रोजगारीको अवसर समेत सिर्जना गरेको छ । बेरोजगार युवा युवतीहरुको लागि यस सुपर मार्केटले रोजगारीको अवसर समेत प्रदान गर्ने छ । पहिलो चरणमा २ सय बढीले रोजगारी प्राप्त गर्ने ब्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । सन् १९८४ मा स्थापना भएको भाटभटेनी सुपरमार्केटको काठमाण्डौ, ललितपुर र पोखरामा शाखा रहेका छन् । भाटभटेनीको महाराजगञ्ज, कोटेश्वर, पुल्चोक, बौद्ध, अनामनगर, बालाजु, कलंकी ,बुटवल, धरान पछि विराटनगरमा शाखा विस्तार भएको हो ।
विराटनगरमा बिग होटल
करिब ५० करोडको लगानीमा विराटनगर ९ मा रहेको विग होटलको पूर्व प्रधानमन्त्री झलनाथ खनालले आजसाँझ उद्घघाटन गर्दैछन् । विराटनगर ९ रोडशेष स्थित ६ तल्ले “बिग होटल” आज नयाँ बर्ष २०७५ सालसँगै बिराटनगरमा आउँदै छ । आजदेखि सञ्चालनमा आउने होटलका जनरल म्यानेजर केशवप्रसाद पौडेलले आवर विराटनगर डट नेटलाई जानकारीले जानकारी दिँदै भने, करिब ५० करोडको लगानीमा संचालनमा आउन लागेको होटलको पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्नुहुनेछ ।
‘तीन बर्ष पहिला देखि नै विराटनगरमा विग होटलको भवन निर्माणको शुभराम्भ गरेका थियौ, उनले भने, ‘आज आएर होटलको निर्माण कार्य सकिएको छ ।’ पौडेलले यो नयाँ बर्षबाट विराटनगरमा एउटा फरक शैलीमा होटललाई सञ्चालनमा ल्याईएको बताए । विराटनगरको गर्मीलाई छल्न स्वीमिङ पुल सहित एसी जडित कोठाहरु रहेका छन् । करिब ५ सय क्षमता भएको दुई वटा सेमिनार हल रहेको विग होटलका मार्केटिङ मेनेजर नरेश श्रेष्ठले जानकारी दिए ।
होटलमा लामो समय देखि विदेश तथा नेपालका स्टार लेवलका होटलमा अनुभव भएका कुक, वटेर तथा कर्मचारीहरुले सेवा दिनेछन् । आफ्ना पाउहुनाहरुलाई सेवा प्रदान गर्नेछन् । होटलमा हरेक साताको एक दिन राष्ट्रिय स्तरका गायक गायिकाबाट लाईभ कार्यक्रमको पनि व्यावस्था गरिने भएको छ । होटलको बाहिरी भागमा कफीसप तथा रेष्टुराको पनि छुटै व्यावस्था रहेको होटलले जनाएको छ । होटलमा एसी सहतिको डिलक्सका ५७ वटा कोठा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्