झापा र मोरङमा सवारी दुर्घटना, तीनको मृत्यु

झापा र मोरङमा  सवारी दुर्घटना, तीनको मृत्यु

विराटनगर, २ वैशाख ।
झापाको दुई स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ । विर्तामोड नगरपालिका–२ मा मे १ ख १३७१ नम्बरको बसको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ । विर्तामोड १ का प्रेम राईको बसको ठक्करबाट ज्यान गएको हो । बसको ठक्करबाट गम्भिर घाइते राईको विएनसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। साइकल पछाडी सवार उनकै ९ बर्षिय छोरा करण राई र बसका सह–चालक विशाल कार्की घाइते भएका छन्। उनीहरुको सोही अस्पतालमा उपचार भइरेहको छ।
यस्तै कन्काइ नगरपालिका–४ मा रोकिराखेको को १ ख ४८८७ नम्बर ट्रकमा मे २ प ५४१६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक कन्काइ नगरपालिका–३ सुरुङ्गाका बिष्णु सूर्य मगर र पछाडि सवार वर्ष २५ को निमेश गुरुङ गम्भिर घाइते भएका थिए। घाइते मध्य एकजनाको विएनसी अस्पताल विर्तामोडमा ज्यान गएको हो । यसरी ज्यान जानेमा बिष्णु सूर्य मगर रहेका छन् । निमेशको भने सोही अस्पतालाम उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मोरङमा एकको मृत्यु
मोरङको कानेपोखरीको खोर्साने–केराबारी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन। को २८ प ८०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कानेपोखरी गाउँपालिका ८ बस्ने २२ वर्षीय सुजन कोइरालाको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो । मोटरसाइकल पछाडी सवार मोरङ सुन्दर–हरैचा नगरपालिका ८ बस्ने अनिस भट्टराई गम्भीर घाइते भएका छन् । उनको वीपी कोईरुाला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्