आजको मौसम : विराटनगरमा विहान मेघगर्जन र हावाहुरीसहित बर्षा, साँझपख पानी पर्ने

<span class='c1'>आजको मौसम : विराटनगरमा विहान मेघगर्जन र</span> <span class='c2'>हावाहुरीसहित बर्षा, साँझपख  पानी पर्ने</span>

काठमाडौं, वैशाख ४ – उपत्यकासहित देशका विभिन्न भूभागमा केही सातादेखि मौसम बदली भइरहेको छ । प्रिमनसुनी समयमा यस्ता गतिविधि हुनु समान्य भएको जल तथा मौसम पूर्वानुमान महशाखाले जनाएको छ । विहान मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली पूर्वतिर सरेकाले पानी पर्न रोकिएको मौसमविद्ले बताएका छन् । अहिले मौसम खुले पनि दिउँसोपछि फेरि बदली भई बेलुकीपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद् सुवास रिमालले बताउनुभयो ।

भारतको विहार आसपासमा बनेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले बिहान उपत्यकासहित मध्य र पूर्वमा पानी परेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रणाली पूर्वतिर सरेकाले अहिले पूर्वमा मेघगर्जनसहित पानी परिरहेको छ । पूर्वमा आज दिनभरी कै मौसम यस्तै रहने मौसमविद् सुवास रिमालको अनुमान छ । पश्चिमको मौसम भने आशिंक बदली हुनेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्