विराटनगरको भारतीय दुतावासको सम्पर्क कार्यालय लक्षित वम विस्फोटपछि यस्तो देखियो (फोटो फिचर सहित )

<span class='c1'>विराटनगरको भारतीय दुतावासको सम्पर्क कार्यालय लक्षित वम</span> <span class='c2'>विस्फोटपछि यस्तो देखियो (फोटो फिचर सहित )</span>

प्रेम देवान

विराटनगर, ४ वैशाख ।
विराटनगरमा रहेको भारतीय दुतावास सम्पर्क कार्यालयलाई लक्षित बम विस्फोट लगत्तै राजमार्गमा फेरी अर्को वम फेला परेको छ । सम्पर्क कार्यालय लक्षित वम विस्फोट भएको १२ घण्टा नवित्दै पुर्ब पस्चिम राजमार्ग अन्तरगत सुन्दर हरैचाको गछियामा वम फेला परेको हो । भाररतीय दुतावास सम्पर्क कार्यालयमा हिजो साँझ भएको वम विस्फोट पछि आज बिहानै देखि घटना स्थलमा बाक्लो सुरक्षाकर्मी परिचालित छन् । विराटनगर महानगरपालिका वडा नम्बर १३ जोगवनी–विराटनगरको मुख्य सडकमा रहेको सम्पर्क कार्यालयलाई लक्षित गरि बिस्फोट भएको हो । विस्फोटका कारण कार्यालयको पछाडीको पर्खालमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुण कुमार बिसीले जानकारी दिए । क्याम्पको खाली जग्गामा तर्साउने गरि गराईएको बिस्फोट भनिएपनि प्रेसरकुकर बम रहेको प्रहरीले आशंका गरेको छ । यस्तै सम्पर्क कार्यालयमा वम प्रहार गर्ने मध्यका २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । हुलियाका आधारमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भईरहेको मोरङका प्रहरी उपरिक्षक बिसीले जानकारी दिए । तर प्रहरीले पक्राउ पर्नेहरुको विवरण खुलाएको छैन ।
यसैबिच जिल्लाका सुरक्षा अधिकारीहरु सहितको टोलीले बिस्फोट भएको स्थानको अबलोकन गरेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य सहित सुरक्षा अधिकारीहरु क्याम्पमा पुगेका छन् । सुन्दर हरैचा नगरपालिकामा भेटिएको वम डिस्पोज गर्न नेपाली सेनाको टोली त्यहाँ पुगेको छ । नेपाली सेनाको थलाहा ब्यारेकबाट फुगेको टोलीले अहिले डिस्पोजको प्रयास जारी राखेको छ। राजमार्गको पुलमा वम राखिएपछि अहिले सो क्षेत्रमा सवारी साधन आवागमन अबरुद्ध पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्