अपडेट: बम छुन पुगेकी शुशिला भन्छिन् ‘ मेरो दिन दह्रो रहेछ धन्न बाचेँ ’ (भिडियो सहित)

<span class='c1'>अपडेट: बम छुन पुगेकी शुशिला भन्छिन् ‘ मेरो</span> <span class='c2'>दिन दह्रो रहेछ धन्न बाचेँ ’ (भिडियो सहित)</span>

प्रेम देवान
विराटनगर ४ बैशाख ।
'रातीको ८ बजेको थियो । सबै घर भित्र बसका थिए । म घरको बाहिर थिएँ । मुखमा माक्स लगाएका दुई जना मोटरसाईकलमा आए । एउटा मोटोमोटो भुडे थियो अनि एउटा चाही पातलो थियो । मेरो घर अगाडी बाईक रोकेका थिए । म त मेरो पाहुना पो आएका होलान् भनेर सोचेका थिएँ । उनीहरुलाइृ बोलाएँ पनि तर उनीहरु दुबैजना बोलेनन् । उनीहरु मेरो घर अगाडीबाटै खाली जमिन तिर झोला बोकेर अध्यारो तर्फ गए ।
केही समय पछि उनीहरु कता गए थाहा भएन । के रहेछ भने म पनि उनीहरुको पछि लागेर गएँ । खाली जमिनको अध्यारो भित्तामा कालो पोको छोडेका रहेछन् । त्यो उनीहरुले मोटरसाईकल रोकेको बेला हातमा बोकेका थिए । के होला भनेर मोवाईलको टर्च बाल्दै म पनि गएँ र हेरेँ । उनीहरुले पर्खालको भुईँमा कालो झोला छाडेर भागेछन् । म चाहीँ के न होला भनेर त्यही भित्तामा भएको कालो पोको हेर्न पुगेँ अनि मैले छाम्दा साह्रो – साह्रँँौ छ डल्लो पनि अनि त्यही भित्र हल्का लामो लामो डन्ठा जस्तो पनि लाग्यो ।'
यो भनाई अरु कसैको नभई सोमबार राती विराटनगरमा शक्तिशाली पडिकएको प्रेसकुकर वम समाएर फर्किकी शुसिला घिमिरेको हो। पड्कीएको बम छोएर ज्यान जोगाउन पुगेकी घिमिरेले आफ् भगवानले गर्दा बाँचेको बाँचेको बताईन् । सोमबार राती करिब ८ बजेको समयमा विराटनगर १३ स्थित भारतीय दुतावास नजिकै ठूलो आवाजमा बम पड्कीएको थियो ।
विराटनगर १३ मा रहेको उक्त स्थानमा स्थानीय शुसिला घिमिरेले पनि सँगै थिईन् । अतालिदै भनिन् ‘धन्न मेरो दिन बलियो रहेछ र ठुलो दिनले बाचेँ’ आज मेरो घरमा काठमाडौँ देखि आएकी एउटी भदैनी नानीले बोलाएका कारणले म बाँचे ।’ उनका अनुसार, त्यो रातीको समयको बिषय सम्झँदै उनले म अध्यारोमा के रहेछ भनेर छाम्न पुगेछु, अझै पनि मेरो हात काम्दैछन् । सायद मैले त्यो झोला खोलेको भए आज म बम सहित यस धर्तीमा हुदैन थिए होला ।
उनले भोगेको यथार्थ भिडीयोमा हेर्नुहोस...? उनी जस्तै पहिलो पटक ठूलो आवाजमा बम पड्कीएका सुन्ने स्थानियवासीहरु यसो भन्छन् : भिडीयोमा नै हेर्नुहोस....?

https://youtu.be/uSHzXD9pD7E

मोरङ प्रहरी यसो भन्छ ..
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सोमबार नै बन्द गर्ने भनेर हल्ला गरिरहेको थियो । नेकपाले केन्द्रीय सदस्य तथा कोशी ब्युरो इन्चार्ज किरण राई सहित आठ नेतालाई प्रशासनले पक्राउ गरी झुटो मुद्दा लगाएको भन्दै त्यसको खारेजी गरी नेताहरुको रिहाइको माग गर्दै पूर्वी नेपाल बन्द आह्वान गर्न लागेका थिए ।सरकारले शान्तिपूर्ण कार्यक्रम गर्न समेत रोक लगाएर धरपकड र गिरफ्तारी बढाएपछि नेकपाले त्यसको विरोधमा उत्रिएर चरणवद्ध आन्दोलनको घोषणा अन्र्तगत मंगलबार पूर्वी नेपालका सबै जिल्लाहरु बन्दको आव्हान गरेका थिए ।
बन्दको अघिल्लो दिन नै बम विष्फोट हुँदा प्रहरीले ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आशंका गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुणकुमार बिसीले बम विष्फोटको बारेमा अनुसन्धान गरिरहेको बताए ।
हामीले तत्काल शंका लागी २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ । प्रहरी प्रमुख एसपी बिसीले भने ‘हामीले हुलियाको आधारमा मात्र पक्राउ गरेका हौ उनीहरु हो भन्ने ठोस प्रमाण अहिले भन्न सकिँदैन ।’ जिल्ला प्रहरी कार्यलय मोरङले विराटनगरको विभिन्न स्थानमा टाक्सफोर्स गठन गरी खोजीकार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्