सुनसरीबाट पेट्रोलपम्पहरुको निगरानी, ईन्धन कालोबजारी गर्ने पेट्रोल पम्प संचालक पक्राउ

<span class='c1'>सुनसरीबाट पेट्रोलपम्पहरुको निगरानी, ईन्धन कालोबजारी</span> <span class='c2'>गर्ने पेट्रोल पम्प संचालक पक्राउ</span>

विराटनगर, ४ वैशाख ।
ईन्धनको तस्करी भारत तर्फ बढी हुन थालेपछि सुनसरीबाट पेट्रोलपम्पहरुको निगरानी बढाईएको छ । बिगत केही महिना अघि देखि पेट्रोलपम्प संचालक र ट्याङ्कर चालकको मिलेमतोमा ईन्धनको तस्करी बढ्दै गएपछि प्रहरीले कडाई रहेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले कालोबजारी गर्ने एक पेट्रोल पम्प संचालकलाई आज साँझ पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी देवानगंज गाउँपालिका –२ बस्ने अशोक रौनियार रहेका छन।
रौनियारले संचालन गरेको गुप्ता आयल ट्रेडर्सले अवैधरुपमा भारततर्फ तस्करी गर्ने तस्करहरुलाई प्रति लिटर ८७ रुपैयाले डिजल बिक्रि गर्ने गरेको र विलमा ८४ रुपैया विस पैसा मात्र उल्लेख गर्ने गरेको र सो बिलसमेत च्यातेर फ्याक्ने गरेको भन्द्र प्रहरीले पक्राउ गरेको हो ।
रौनियारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भईरहेको छ । सुनसरीमा नै ईन्धन भारत तर्फ लैजाँदै गरेको अबस्थामा ईन्धन सहित थप एकजनालाई पनि पक्राउ गरेको छ । हरिनगरा गाँउपालिका देखी दक्षिणवर्ती क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको गस्ती टोलीले तस्करी गरी भारततर्फ लैजादै गरेको अवस्थामा एक सय पचास लिटर डिजेलसहित तस्करमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्