इलामेली समाजको बार्षिक क्यालेण्डर सार्वजनिक, जेष्ठ नागरिकलाई सम्मान

<span class='c1'>इलामेली समाजको बार्षिक क्यालेण्डर</span> <span class='c2'>सार्वजनिक, जेष्ठ नागरिकलाई सम्मान</span>

विराटनगर १४ बैशाख ।
दुईबर्ष अगाडी स्थापना भएको ईलाम मोरङ सम्र्पक मञ्च विराटनगद्धारा यस बर्षको नयाँ क्यालेण्डर सार्वजनिक गरेको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रम विच समाजले नयाँ बर्ष २०७५ को क्यालेण्डर सार्वजनिक गरेको हो ।
मञ्चले हरेक वर्ष निकाल्दै आएको बार्षिक क्यालेण्डरलाई सार्बजनिक गर्ने कार्यक्रम अनुसार एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमीरे तथा ईलामबाट प्रतिनिधीत्व गर्दै प्रदेश सांसद राम राना, खिनुकुमारी थेवे, ईलाम मोरङ सम्र्पक मञ्चका अध्यक्ष मदन भट्टराई लगायतले सार्बजनिक गरेका हुन ।
यसैविच मञ्चले जेष्ठ नागरिक तथा मञ्चका बरिष्ठ सल्लाहकारलाई विशेष सम्मान गरेको छ । मञ्चले ईलाम घर भई हाल विराटनगर १२ मा बस्दै आउनुभएका ८८ वर्षिय तिलक बहादुर थापालाई सम्मान गरेको छ । मञ्चले ८८ बर्षको उमेरमा पनि युवा जस्तै जोश जागर सहित सक्रिय जिवन विताईरहेका थापालाई सम्मान गरिएको ईलाम मोरङ सम्र्पक मञ्च विराटनगरका सचिव अर्जुन श्रेष्ठले जानकारी दिदिए । थापाले ईलाम मोरङ सम्पर्क मञ्चको स्थपनार्थ र सम्बद्र्धनार्थ विकासमा योगदान पुर्याइ न्यानो अभिभावकीय भुमिकाको कदर गर्दै सम्मान गरिएको हो । सम्मानित थापालाई कार्यक्रमका प्रमुख अतिथी घिमिरेले सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्