आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्स विजयी

<span class='c1'>आइपिएल क्रिकेटमा दिल्ली</span> <span class='c2'>डेयर डेभिल्स विजयी</span>

काठमाडौं, १५ वैशाख ।  नवनियुक्त कप्तान श्रेयश ऐयरले उत्कृष्ट प्रदर्शन गरेपछि इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डेयर डेभिल्स विजयी भएको छ । शुक्रबार रातिको खेलमा डिल्लीले कोलकाता नाइट राइडर्सलाई ५५ रनले हरायो । जितका लागि २ सय २० रनको बिशाल लक्ष्य पछ्याएको कोलकताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो । कोलकताका एन्ड्रयु रसेलले ४४ रन बनाए । पहिला ब्याटिङ गरेको दिल्लीले ऐयरको नट आउट ९३ रनको मद्दतमा १ सय १९ रन बनाएको थियो । लगातार खराव प्रदर्शन गर्दै आएपछि कप्तान गौतम गम्भिरले राजीनामा गरेका कारण ऐयर कप्तान नियुक्त भएका थिए । कप्तानको रुपमा पहिलो खेल खेलेका उनले ४० बलमा ३ चौका र १० छक्काको मद्दतमा ९० रन बनाए । ओपनर पृथ्वी शाले ६२ रन बनाए । जारी सिजनमा दोश्रो खेल जितेको ४ अंकसहित सातौं स्थानमा उक्लिएको छ । समान ७ खेलबाट ६ अंक बटुलेको कोलकता चौथो स्थानमा छ । ६ खेलबाट १० अंक बटुलेको चेन्नई शीर्ष स्थानमा छ भने समान ६ खेलबाटै २ अंक बटुलेको मुम्बई इण्डियन्स पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्