नोबेलको स्वास्थ्य शिविरबाट बर्षमा ४७ हजारको निःशुल्क उपचार (फोटो फिचर सहित)

<span class='c1'>नोबेलको स्वास्थ्य शिविरबाट बर्षमा ४७ हजारको</span> <span class='c2'>निःशुल्क उपचार (फोटो फिचर सहित)</span>

विराटनगर, १८ बैशाख ।
विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा ४७ हजार विरामीको निःशुल्क उपचार गरेको छ । २०७४ बैशाखदेखि चैतसम्मको अवधिमा सञ्चालित शिविरबाट ४७ हजार ५ सय ८३ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।
पूर्वका ८ जिल्लामा शिविर सञ्चालन गरेर २९ हजार ८ सय ७८ महिला र १७ हजार ७ सय ५ पुरुषको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए । मोरङ, सुनसरी, झापा, ईलाम, धनकुटा, तेह्रथुम, संखुवासभा र सप्तरीका ६३ स्थानमा शिविर सञ्चालन गरिएको जनाईएको छ ।
जसमध्ये मोरङमा सवैभन्दा बढी २७ स्थानमा ३९ पटक शिविर सञ्चालन गरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । उनका अनुसार शिविरबाट बालबालिकादेखि बृद्धबृद्धासम्मले निःशुल्क उपचार पाएका छन् । निःशुल्क शिविरमा मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गर्ने गरिएको छ । शिविरमा ल्याव टेष्ट, ईसीजी र भिडियो एक्सरे सेवा पनि निःशुल्क उपलब्ध गराईएको छ ।
स्थानीय संघसस्थासँग समन्वय गरेर सञ्चालन गरिदै आएको शिविरमा नोबेलका बिशेषज्ञ डाक्टरहरुले बिरामीको उपचार गर्ने गरेका छन् । स्वास्थ्य उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिपन्न बिरामीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिदै आएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलको भनाई छ । शिविरमा आएका विरामीले गाउँ–घरमै बिशेषज्ञ डाक्टरबाट निःशुल्क उपचार पाउँदा राहत महशुस भएको प्रतिक्रिया दिएका छन् ।
यसैवीच नोबेल अस्पतालबाट २०७४ सालमा ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य बरावरको निःशुल्क उपचार गरेको जनाईएको छ । सोही अबधिमा निःशुल्क उपचार पाउँने बिरामीको संख्या १ लाख ३ हजार ५ सय ४२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्