हाम्रो अस्पतालमा पहिलो पटक भाच्चिएको ढाडको सफल सल्यक्रिया

<span class='c1'>हाम्रो अस्पतालमा पहिलो पटक</span> <span class='c2'>भाच्चिएको ढाडको सफल सल्यक्रिया</span>

प्रेम देवान,
विराटनगर १८ बैशाख । विराटनगरमा रहेको हाम्रो अस्पातलले भाँचिएको ढाडको हड्डीको सफलताका साथ पहिलो पटक सल्यक्रिया गर्न सफल भएको छ । धनकुटा २ भिरगाउँका ३० बर्षिय गोविन्द सुवेदीको भाचिएको ढाडको सफलता पुर्वक सल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
बाख्रालाई घाँस काट्न जादाँ रुखबाट लडेर सुवेदीको मेरुदण्डको २ वटा हड्डी भाँचिएको थियो । हाम्रो अस्पतालका बरिष्ठ हाडजोर्नी नसा रोग तथा अर्थोस्कोपिक सर्जन डा. विभुती नाथ मिश्रको टोलीले ३ घन्टा लगाएर सफल सल्यक्रिय गरेको हो ।
अस्पतालले पहिलो पटक यस प्रकारको शल्यक्रियागरी सफल उपचार गरेको डा. मिश्रले जानकारी दिए । डाक्टर मिश्रले भने, ‘हाम्रो भाषामा यस किसीमको उपचारलाई डिकम्प्रेसन एण्ड पोस्टीरियर स्टेवलाईजेसन वित पेडीकल स्क्रु भनिन्छ ।’ यस किसीमको अपे्रशन दुर्लभ हुने गराको भएपनि अस्पतालले भने पहिलो पटक सफलताका साथ गरेको डा. मिश्रको भनाई छ ।
२०६९ सालमा स्थपना भएको अस्पतालमा बरिष्ठ फिजिसिन तथा मुटु रोग विशेषज्ञ डा. शंकर प्रसाद अधिकारी , वरिष्ठ प्रशुति तथा स्त्री रोग विशेषज्ञ डा. सुरेका अधिकारी, वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. हिरालाल सहनी, वरिष्ठ जनरल सर्जन डा.सुनिल चन्द्र अधिकारी, बरिष्ठ हाडजोर्नी नसा रोग तथा अर्थोस्कोपिक सर्जन डा. विभुतीनाथ मिश्र लगायत कार्यरत छन् ।
हाल अस्पतालमा न्युरो बाहेक सबै स्त्री तथा प्रशुती सेवा, नवजात तथा बाल रोग, मुटु रोग, हाडजोर्नी लगायत ओ.पी.डी सहितको सेवा सुविधा दिदै आएको हाम्रो अस्पतालका प्रशासन सहायक नितेस गौतमले जानकारी दिए । उपचार गरेर निको भएका गोविन्द सुवेदीले आफ्नो उपचारमा खटिएका डाक्टर तथा अस्पताललाई धन्यवाद प्रकट गरे । उनले भने ‘मैले त सोचेकै थिईन मरो भाचिएको ढाड निको हुन्छ भनेर । अहिले मैले नयाँ जिवन जस्तै पाएको महशुस गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्