इण्डियन प्रियिमर लिगमा बेंग्लोर विजयी ,बेंग्लोरले मुम्बईलाई १४ रनले हरायो

<span class='c1'>इण्डियन प्रियिमर लिगमा  बेंग्लोर विजयी</span> <span class='c2'>,बेंग्लोरले मुम्बईलाई १४ रनले हरायो</span>

१९ वैशाख । इण्डियन प्रियिमर लिगमा मंगलबार राति भएको खेलमा बेंग्लोर विजयी भएको छ । १ सय ६७ रनको योगफल रक्षा गर्दै बेंग्लोरले मुम्बईलाई १४ रनले हरायो । बेंग्लोरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनाएको थियो । बेंग्लोरका लागि मनन बोह्राले ४५ रन बनाएका थिए भने ब्रेण्डन म्याकुलमले ३७ तथा विराट कोहलीले ३२ रन जोडे ।

बलिङतर्फ हार्दिक पाण्ड्याले ३ विकेट लिए भने मिचेल म्याकलेनाघन, जस्प्रित बुम्राह र मायंक मार्कन्डेयले १–१ विकेट लिए । १ सय ६८ रनको लक्ष्य पछ्याएको मुम्बई २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रनमा सीमित भयो । मुम्बईका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ५० रन बनाए । यस्तै, जेपी डुमिनी र क्रुनाल पाण्ड्याले २३–२३ रन बनाउँदा अन्य खेलाडी सस्तैमा आउट भए ।

मुम्बईलाई हराउनका लागि टिम साउथी, उमेश यादव र मोहमद सिराजले २–२ विकेट लिए । जितसँगै बेंग्लोरले ८ खेलबाट ६ अंक बनाएको छ भने समान खेलबाट मुम्बईको ४ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्