बालिका बलात्कार गर्नेलाई आठ वर्ष कैद

<span class='c1'>बालिका बलात्कार गर्नेलाई</span> <span class='c2'>आठ वर्ष कैद</span>

भक्तपुर, २५वैशाख  । १४ वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवकलाई भक्तपुर जिल्ला अदालतले आठ वर्षको कैद सजायसहितको फैसला सुनाएको छ । सिन्धुली दुधौली नगरपालिका, ५ घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका २, दुवाकोटमा डेरा गरी बस्दै आएका वर्ष २१ का विशाल सुनच्यौरीलाई आठ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले कैद फैसलाको साथै पीडकसँग क्षतिपूर्ति भराउने कुनै कुरा नभएकाले महिला बालबालिका कार्यालयमार्फत एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको बताए ।

कक्षा ९ मा अध्ययनरत वालिकालाई सुनच्यौरीले २०७४ साउन २ गते राती करिब १० बजे दुवाकोटकै गोरे भण्डारीको मकैबारीमा लगेर बलात्कार गरेको खुल्न आएको हो । बालिकालाई बोलाएर एउटा कुरा गर्नुछ भनी मकैबारीमा लगेर आफूले भनेको नमाने मार्ने धम्की दिई बलात्कार गरेको घर पुगेर बालिकाले आमालाई बताएकी थिइन् ।  परिवारले साउन ३ गते प्रहरीमा किटानी जाहेरी दिएपछि महानगरीय प्रहरी वृत्त थिमिको टोलीले त्यसै दिन सुनच्यौरीलाई पक्राऊ गरी जबरजस्ती करणी मुद्धा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्