रोकिराखेको दुई वटा कन्टेनरमा आगजनी

<span class='c1'>रोकिराखेको दुई वटा</span> <span class='c2'>कन्टेनरमा आगजनी</span>

धादिङ, ३० वैशाख  । धादिङमा रोकिराखेको दुई वटा कन्टेनरमा आगजनी भएको छ । राति ३ बजेतिर नचिनेका मानिसको समूहले आर जे ४२ बी ए ०७५६ र आर जे ४२  बी ए ५०२१ नम्बरको भारतीय कन्टेनरमा आगजनी गरेको प्रहरीले जनाएको छ । धादिङ धुनिबेंशी नगरपालिका ६ चालिसेमा रोकेर राखिएको गाडीमा आगजनी भएको हो । गाडीमा लागेको आगो निभाउन काठमाडौंबाट दमकल लगिएको थियो । यस्तै, आगो फैलिन नदिन डोजरमार्फत आगो लागेको वरिपरी  माटो हालिएको थियो ।घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आगजनी पछि बिजुली तार जलेको छ । बिजुलीको तार जल्दा त्यहाँ अहिले विद्युत आपूर्ति बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्