बलिउड अभिनेता मिथुन चक्रवर्ती बिमारी ,उपचारका लागि अस्पतालमा भर्ना

बलिउड अभिनेता मिथुन चक्रवर्ती बिमारी ,उपचारका लागि अस्पतालमा भर्ना

एजेन्सी। बलिउड अभिनेता मिथुन चक्रवर्तीको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि दिल्लीको एक अस्पतालमा भर्ना गरिएको छ । उनी विगत केही समयदेखि पिठ्युको दुःखाईबाट ग्रसित छन् । मिथुन एक वर्षसम्म ऊटीस्थित आफ्नो निवासमा बिरामसँग संघर्ष गरिरहेका थिए । उनलाई केही समय अघि उपचारका लागि लस एञ्जलसपनि लगिएको थियो । अभिनेता मिथुनले अस्वस्थ्य भएका कारण राज्यसभाबाट राजीनामा दिइसकेका छन् ।

सन् २००९ मा फिल्मको छायांकनका दौरान उनलाई गम्भीर चोट लागेको थियो । फिल्म ‘लक’ को छायांकनका दौरान स्टन्ट गर्दै गर्दा मिथुन घाइते भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्