मोरङ सदरमुकाम विराटनगरसँग सीमा जोडिएको झापा बैजनाथपुर गाविसमा वर्षौं पहिले खुलेको इँट्टाभट्टा बन्द गरेर त्यसै ठाउँमा खोलिएको कपडा उद्योग चल्न नसकेपछि त्यो पनि बन्द भयो । उद्योगधन्दाबाट लाभ पाउन नसकेको भन्दै उद्योगीले आफ्नो लगानी जमिनमा थपे र उद्योग मासेर प्लटिङ गर्ने काम शुरु भयो । उद्योगमा काम गर्दै गरेका वरिपरिका वासिन्दा उद्योग मासिँदा बेरोजगार मात्र भएनन् उद्योगमा काम नपाउँदा बनिबुतो गरेर खाने खेतमा समेत काम पाउन नसक्ने अवस्थामा पुगे । त्यसले गर्दा आजभोलि दैनिक छाक टार्नसमेत समस्या उत्पन्न भएको स्थानीय रेवतीदेवी सरदार बताउँछिन् । घरनजिकै उद्योग हुँदा उनीहरु त्यहीं काम गर्थे । उद्योग बन्द भएपछि उनीहरुसँग रोज्ने अर्को विकल्प भनेको खेतमा काम गर्ने थियो । खेतभरि बाटो खनेर बिजुलीका खम्बा गाड्ने र जमिन बाँभैm राख्नाले उनीहरु वर्षाको समयमा रोजगारविहीन अवस्थामा पुगेका छन् । उनीहरुलाई कृषि मजदुरको काम गर्न निकै पर–परसम्म पुग्नु पर्ने अवस्था आएको स्थानीय भुटनीदेवी चौधरीले बताइन् । कुनै पूर्वाधारविना खेतीयोग्य जमिनमा कामचलाउरुपमा बनाइएको बाटो र बिजुलीका पोल गाडेकै कारण खेति गर्न छाडेपछि मोरङको करीब १ लाख ५० हजार हेक्टर खेतियोग्य जमिनमध्ये करीब १५ हजार हेक्टर जमिन खण्डहर बनेको छ । विदेशमा दुःख गरेर आर्जन गरेको धान अनुत्पादक क्षेत्रमा खर्च गर्ने र अर्कोतर्पm खेतियोग्य जमिन मासिंदै जाने अवस्थाले सर्वसाधारण दोहोरो समस्यामा परिरहेको जिल्ला कृषि कार्यालयले जनाएको छ । सरकारले घरजग्गासम्बन्धी कानुन नल्याएका कारण तराईका उर्बर भूमि दिन–प्रतिदिन घडेरीमा परिणत हुदैछन् भने कृषियोग्य जमिन प्लटिङको नाममा बाँझो बस्ने र जताततै अव्यवस्थित वस्ती बस्ने जटिल समस्या सृजना भइरहे पनि सरकारले भने यसप्रति ध्यान नपु¥याएको गुनासो धेरैले गरेका छन् ।