बाँदरले सतायो खोटाङबासीलाई , किसानको बारीमै बास

<span class='c1'>बाँदरले सतायो खोटाङबासीलाई , </span> <span class='c2'>किसानको  बारीमै बास</span>

खोटाङ  । पाक्न लागेको मकै बाँदरले नष्ट गर्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँका किसान बारीमै बास बस्न बाध्य छन् ।

चिउरीडाँडास्थित सल्लेडाँडाका किसानले लगाएको मकै सुत्ला च्याप्दादेखि नै बाँदरले नष्ट गर्न थालेपछि धपाउन बारीमै पाल हालेर बास बस्न थालेका हुन् ।

गत वर्षदेखि बाँदरले मकैलगायत अन्य बाली नष्ट गर्न थालेपछि दोर्पाचिउरीडाँडाका किसान हैरान भएका छन् । जंगलमा केही खान नपाएपछि गाउँ पसेको बाँदरले अहिले मकै नष्ट गर्न थालेको स्थानीय पदम हिङमाङले जानकारी दिनुभयो ।

“बाँदरले घरमा राखेको मकै समेत खाने गरेको छ,” उहाँले भन्नुभयो । साप्सु खोलादेखि सुर्केसम्म खोलाको जंगल, साप्सु खोलाकैमाथि छहरे खोला र खरबारी ठाडो खोल्सी हुँदै पिप्लेसम्म बाँदरको विगविगी बढेको छ । माछाटोल हुँदै मार्सेमा पनि बाँदरको उस्तै विगविगी बढेको छ ।

बाँदरले क्षति गरेपछि स्थानीयवासीले बालीनाली रक्षाका लागि बाँदर मार्न दिनुपर्ने वा क्षतिपूर्तिी दिनुपर्ने माग गर्दैआएका छन् । जिल्लाका अधिकांश स्थानमा लगाइएको अन्नबाली बाँदरले क्षति पु¥याउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्