झापा, २० जेष्ठ ।
झापाको कचनकबल गाउँपालिकामा करेन्ट लागेर बालिकाको ज्यान गएको छ। कचनकबल गाउँपालिका ६ सिंहमारी बस्ने मोहबत राजवंशीको १२ वर्षीया छोरी ईन्द्रा राजवंशीको टेबुल पंखाबाट करेन्ट लाग्दा ज्यान गएको हो।
आफ्नै घरमा पंखा चलाउन खोज्दा करेन्ट लागेर बालिका गम्भीर घाइते भएकी थिईन। बालिकालाई उपचारका लागी मेची अंचल अस्पताल लैजानेक्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।