सुनसरी, जेष्ठ २० गते।
ईटहरीस्थित बुढी खोलामा नुहाउन जाँदा भङालोले बगाएर शनिबार एक जनाको मृत्यु भएको छ।
इटहरी १० बस्ने अन्दाजी १६ वर्षकी वर्षा लिम्बुलाई शनिबार दिउँसो भङालोले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।
लिम्बुसंगै नुहाउन गएकी ईटहरी-१० बस्ने रविना राई र श्रृजना गुरुङलाई भने स्थानीय युवाहरुले उद्दार गरेका थिए ।