धनकुटाको पाख्रिबासमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

<span class='c1'>धनकुटाको पाख्रिबासमा बृहत निःशुल्क</span> <span class='c2'>स्वास्थ्य शिविर सम्पन्न</span>

धनकुटा, जेठ २० । धनकुटाको पाख्रिबासमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

क्लबले पाख्रिबासमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी औषधि वितरण गरेको हो । रोटरी क्लब अफ इटहरी र रोट्र्याक्ट क्लब अफ इटहरीले करीब ८ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको थियो । शिविरमा उपचारका लागि आएका सर्वसाधारणलाई पाँचलाख र स्थानीय स्वास्थ्य चौकीलाई तीन लाख रुपैयाँ बराबरको औषधि वितरण गरिएको हो ।

शिविरमा एक हजार २७० बिरामीले स्वास्थ्य सेवा लिएको कार्यक्रम संयोजक कृष्णराज श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य शिविरमा सबैभन्दा बढी आँखा, हाडजोर्नी, मुटु तथा गाइनोका बिरामी आएका थिए । दुई दिनसम्म चलेको सो शिविरमा नोबेल मेडिकल कलेज, धनकुटा उद्योग बाणिज्य संघ, तथा पाख्रिवास नगरपालिकाले सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्