केही दिनदेखि घर छाडेर हिँडेका सार्की मृत फेला

<span class='c1'>केही दिनदेखि घर छाडेर</span> <span class='c2'>हिँडेका सार्की मृत फेला</span>

खोटाङ, जेठ २० । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४४ वर्षीय डेगबहादुर सार्की मृत फेला परेका छन् ।

केही दिनदेखि घर छाडेर हिँडेका सार्की आईतबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।

शवसँगै रक्सीको बोतलसमेत फेला परेको स्थानीयले बताएका छन् । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।

सार्कीको शव इँटा बोक्ने मजदुरले स्थानीय घडेरीमा फेला पारेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका वडाध्यक्ष माधव राईले बताए । सार्कीको अधिक मदिरा सेवनका कारण मृत्यु भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्